Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो

Wednesday, 17 July 2013

भिरिंगी के हो ?यो कसरी लाग्छ र यसको रोकथाम कसरी गर्ने : जान्नै पर्ने कुरा

भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो ! यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको पाइन्छ ! यो रोग लागेपछि प्रायले गोप्य राख्छन ! यासरी गोप्य राख्दा रोगको स्तिथि झन्झन् चर्को भएर जान्छ ! यस रोग थाहा नै नभैकन सुरु हुन्छ ! उसले आफु स्वस्थ भएको ठानी यौन क्रियाकलापमा लाग्ने गर्दा थाहा नै नभैकन अरुलाई सर्ने भएकाले यो रोग अत्यन्तै खतरनाक पनि देखिन्छ ! यो रोग भिरिन्गी सुत्लो (Treponema pallidum) भन्ने जीवाणुको कारणद्वारा लाग्छ ! यी जीवाणु बिरामीको यौनिरसको साथै विर्य, रगत थुक आदिमा पनि पाइन्छन ! यो रोगको संक्रमणकाल १० दिनदेखि ९० दिन सम्म हुन्छ ! यो रोगको उपचार नभएको खण्डमा यो रोग विभिन्न अवास्थाबता गुज्रने गर्दछ !रोग सर्ने तरिका: यो रोग लागेको व्यक्तिबाट रक्तदान लिएमा रगतको माध्यमबाट सर्दछ.यौनसम्पर्क, चुम्बन, स्तनपान प्रतक्ष्य सम्पर्क आदिबाट पनि यो रोग सर्दछ.विरामीले पर्योग गरेका सामग्री तथा लुगाफाटाहरुमा जीवाणु हुने भएकाले त्यसबाट पनि सर्दछ.गर्वती महिलालाई भिरिन्गी भएमा, उनको पेट भित्रको बच्चालाई पनि सर्न सक्छ. यस रोगका लक्षणहरु निम्नलिखित छन्: भिरिन्गीको प्रारम्भिक अवस्थामा बिरामीका शरीरमा कडा खालको नदुख्ने दाना हरु निस्कनछन् पछी ति दानाहरु फुट्छन् र घाउ हुन्छ ! यस्तो घाउ पिप नभएको हुन्छ ! निकोभएपछी यो खटिराको खत रहदैन बाहिरी जननेद्रियको कुनैपनि ठाउँ, मलद्वार आदिमा प्रारम्भिक भिरिन्गिका लक्षणहरु देखा पर्न सक्छन ! भिरिन्गिको दोस्रो अवस्थामा गिर्खाहरू ठुला भएर आउने तर नदुख्ने हुन्छ ! छालामा गुलाबी रंगको डाबर वा फोका देखा पर्ने हुन्छ ! ति दानाहरु नदुख्ने वा नाचिलाउने भएकाले बिरामीले थाहा नपाउन पनि सक्छन !एक दुई महिना पछी फोकाहरू शरीरको सबै भागमा देखा पर्दछन ! टाउकामा पनि यस्ता फोका हरु आउने भएकाले केश झर्न सक्छ !त्यसपछी लिंगमुन्ड, मलद्वार, योनी, कास, काखी स्तनको भित्रि भाग जस्तो न्यानो ठाउमा भिरिन्गिका फोका हरु फैलदै जान्छन ! यो अवस्थामा सबैभन्दा सरुवा अवस्था भनिन्छ !भिरिन्गिले हाडमा समेत असर पर्ने भएकाले सानो चोट लाग्दा हाड भाचिन पनि सक्छ ! भिरिन्गी महिलाले जन्माएको नवजात सिशुलाई पनि २ देखि १० भित्रमा देखा पर्छ ! bhiringe

Sunday, 7 July 2013

about bloger

Blogger भनेको के हो हुन त Internet दुनियामा यस्ता सामाजिक संजाल हरु धेरै आइसकेका छन् जहाँ हामीले आफ्ना लेख रचनाहरु आफ्ना व्यक्तित्व पारिवारीक कुराहरु लाई डकुमेन्ट बनाई आगामी भाबिक पुस्ताहरु को लगी सम्हालेर राख्ने मनको चौतारी हो ब्लग भनेको र अहिले इन्टरनेट संजालमा यसको धेरै सदुपयोग भएको छ र
 दुरुपयोग पनि भएको छ
 जसले ब्लग को परिभाषा नाचिन्नाले केही समय पहिला ब्लग लेख्ने हरु को कमै संख्यामा मात्र देखिन्थे तर अहिले त्यसो नभएर बिस्तारै बिस्तारै मानिसहरु ले समयसंगै कबीको कबिता पोख्ने चौतारोलाई बिस्तारै-बिस्तारै ब्यबसायिक ढंगमा परिबर्तन गर्न थालेका छन् र अजह बढी अहिले ब्लग लेखें हरु को भन्दा बढी संख्या त्यस्ता ब्लगहरुमा हरेक दिन-प्रति दिन समाचार हरु पनि अपडेट हुदै गएको छ हुन त यस्ता समाचार हरु अपडेट गर्ने
ब्लगहरु को माध्यम बाट जनतामा अजाही बढी फैदाजनका बहेको छ जसले गर्दा कतिपय मानिसले घर मा नै बसी इन्टरने त् मा दुनियामा भएका राम्रा र नराम्रा सदेश्हरु प्राप्त गरिरहेका छन् र अझै बढी भन्नु पर्दा संचारकर्मी हरु लाई पनि उती नै प्रभाब पारेको छ तर अहिले आएर त्यस्ता धेरै ब्लगहरु पनि बनेका छन् की अरु ब्लगर साथीहरु ले सोचेर अनि खोजेर

 घन्टौं लगाएर लेखेका आफ्नो सत्य कहानी अथवा समाचार हरु लाई हुबहु सर्लक्कै कपी पेस्ट आफ्नो ब्लग साईट मा लगेर पेस्ट गर्चाहं र आफ्नो साईट झिलिमिली बनाउन तिर लाग्छन र त्यस पृष्ठ को मुख्य लेखक कुन ब्लगर को साथी हुनुहुन्छ पहिचान गर्न थम्मे थम्मे पर्छ जसको कारण ले मुख्य ब्लगर लेखक एकदमै मर्का मा परको हुन्छन त्यहि भएर होला अहिले यस्ता इन्टरनेट संजालमा लेखान्दार कमै देखिन्छन र कपी पेस्ट गर्ने हरु बढी देखिन्छन यस्ता कपि पेस्ट साथीहरु लाई हामी सबै नेपाली ब्लगर लेखक हरु को तर्फबाट के आग्रह गर्दछौं भने कृपया सकेसम्म यस्ता कुकर्म गलत कार्य कदापी नगर्नु होला किनकी सहि लेखकको सहि पहिचान हुन्छ त्यसैले आफ्नो सहि पहिचान देखाउनुहोस हाम्रो यस नेपाली ब्लगर भेलामा यदी कोही ब्लगर साथीहरु मा यहाँ माथी लेखेको पोस्ट समबन्धी केही राय सुझाब छ बहने तल कमेन्ट बक्समा खुलस्त दिन सक्नुहुन्छ धन्यबाद |

Friday, 5 July 2013

घरपरिवारबाटै छोरीलाई बोक्सीको आरोप.



२१ असार, रोल्पा । रोल्पामा एक घरपरिवारले
बोक्सीको आरोपमा छोरीलाई मानसिक यातना दिदै
आएको रहस्य खुलेको छ । धवाङ-१ की १६ वर्षीय
संगीता सुनारलाई बोक्सीको आरोपमा आफ्नै
आमा बुवा तथा मामाले बोक्सीको मानसिक यातना दिदै
आएको पीडित संगिताले प्रहरीमा दिएको उजुरीमा उल्लेख
छ ।
३ वर्ष अगाडिदेखि अस्वस्थ रहँदै आएकी संगितालाई
स्थानिय झाक्रि भनिने स्थानिय बिरबहादुर घर्तीले
बोक्सी बिद्या सिक्दै गरेको आरोप समेत लगाएको र
त्यसैको आडमा आमाबुवा लगायत अन्य छिमेकीहरुले
कुटपिट तथा मानसिक तनाव दिने गरेको पीडित बालिकाले
वताएकी छिन् । ८ कक्षा उत्तीर्ण गरेकी यी संगिताले
आफुलाई बोक्सीको आरोप लगाएपछि स्कुल
जानपछि छोडेको गुनासो गर्नुभएको छ ।
कुटपटिमा संलग्नहरु मध्ये पीडितका मामा तिलकराम
परियारले पन्ध्र सय औषधी उपचारको लागि दिदै घटनालाई
मिलाइएको छ ।
पीडितको निबेदनको आधारमा घर परिवार र आफन्तलाई
महिला बिकास कार्यालयको रोहबारमा छलफल गराएर
माफि मगाइएको प्रहरीले बताएको छ । यस्तै घर परिवारले
पनि अबदेखि त्यस्तो व्यवहार नगर्ने र छोरीलाई पढाउने
प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले
बोक्सी बिद्या सिक्दै गरेको आरोप लगाउने झाक्रीलाई
पक्राउ गर्ने जनाएको छ ।

Friday, 21 June 2013

मलेसियामा काम भन्दा अगाडी नै पैसा


----------------------------- प्रदिप राई - मलेसिया । नेपाली यूवाहरुकोे प्रमुख आर्कषकको रोजगारमुलुक मलेसियामा नेपालीहरुलाई नेपालीले नै ठग्ने क्रम दिनदिनै बढिरहेको छ ।
नेपालबाट मलेसिया आउँदा नेपालमा गरेको मेनपावर कम्पनि सङ्को सम्झौता अनुसारको सेवा र सुविधा मलेसियामा पुगेर कम्पनीले नदिएपछी कम्पनी छोडेर बाहिर अबैधानिक भएर बसेका नेपाली यूवाहरुलाई दिना नु दिन ठगिने क्रम बढिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पूर, पेनाङ्, जोहोर, लगायत अन्य प्रमुख राज्यहरुमा अवैधानीक भएर बस्ने नेपालीहरुको बाक्लो बसोबासो पाइन्छ । अवैधानकि भएर बसेका नेपालीहरुलाई काम लगाइदिने दलाल एजेन्टहरुले महिनाको आरएम १४ सय देखि माथीको प्रलोभन देखाउने र काम लगाइदिए वापत उनहिरुलाई आरएम २ सय देखि माथी अगाडीनै पैसा माग्ने गरेको पाइन्छ । अवैधानिक भएर काम गरिरहेका मकवानपुरका महेश तामाङ् कामको अफर मोवायल एसएमएस पाएपछी फोन गर्दा क्वालालम्पूरको कोतरायमा बोलाएपछि उनी त्याहा गएको बताउछन् । कोतरायमा पुगेपछी उल्टै मोवायलमा रिचार्ज गरिदिनु प¥यो अनी म बोस सङ्ग कुरा गरेर कामको पुर्ण जानकारी दिन्छु भनेपछी तामाङ् अवैधानिक भएर बसेको साथमा पैसा पनि मभएकोले रित्तै पुन फर्केका बताउछन् । त्यसै गरि क्वालालम्पूर नजीकै रहेको काजाङ्मा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिन्छु भन्दै स्याङ्जाका पूर्णबहादुर थापालाई रामजी लुइटेल नाम गरेका नेपालीले काजाङ्को एक नेपाली होटेलममा बोलाएपछि थापा होटेल पुगेका थिए होटेलमा भेट भएपछि राम्रो कुराकानी भयो अनी मासिक तलव १४ सय आरएम काम गर्ने १२ घण्टा, छुट्टि नगर्ने गरे वापत पैसा काट्ने सम्झौता भएपछि पैसाको कुरा गर्नथाले तपाइले मलाई काम लगाइ दिए वापत २ सय आरएम दिनु पर्छ यदि तपाइले नदिए वापत तपाइलाई काम पाउनुहुने छैन । यो कुरा सुनेपछि आपूmसङ्ग २ सय आर एम नभएपछि साथीहर सङ्ग सापट गरेर आउछु भनेर त्याहा बाट भागेको बताउँछन् । यसरी नेपालीले नेपालीलाई ठग्ने क्रम मलेसियामा दिनका दिन बढिरहेको छ । थापा र तामाङ् त ठग बाट बचेर हिडेको समाचार छ तर थापा र तामाङ जस्ता हजारौ नेपालीहरु अहिले मलेसियामा ठगिरहेका छन् ।

Friday, 14 June 2013

सासुको व्यवहारका कारण लाजिम्पाट बस्न सकिनँ : प्रचण्डकी बुहारी सिर्जना

३१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत जानुपरेको सिर्जनाको दुखेसो छ । प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जना अहिले पोखरामै स्नातकोत्तर पढिरहेकी छन् ।

आफ्नो छोराको जन्मदर्ता नहुँदा विद्यालय भर्नामा समस्या परेको गुनासो गर्दै सिर्जनाले भनेकी छन्- ‘जन्मदर्ता नभएर अहिले बाबुलाई स्कुल भर्ना गर्नसमेत समस्या भएको छ । मैले बुवा (प्रचण्ड) पोखरा आएका बेला यो समस्याबारे भनेँ । उहाँले ‘हुन्छ, काठमाडौं गएर बनाउँला,’ भन्नुभयो । पछि ‘तिमी र बाबुलाई चितवन लगेर बनाउँला,’ भन्नुभयो । त्यसपछि यसबारे केही कुरा भएको छैन ।’

‘मिरर न्युज’ मासिक पत्रिकाको तेस्रो अंकलाई लामो अन्तरवार्ता दिँदै प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-’ मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको छैन । उतिबेलै मैले ‘विवाह दर्ता गरौँ’ भनेकी थिएँ । तर, प्रकाशले ‘ह्या, दुनियाँलाई थाहा छ हामीले विवाह गरेको, किन विवाह दर्ता चाहियो ?’ भने । त्यतिबेला विवाह दर्ता गर्न मानेनन् ।’

प्रचण्ड असल सीता खराब

सगरमाथा आरोहणपछि बिना मगरलाई लिएर प्रकाश बेपत्ता भए पनि आफू छोरो लिएर प्रचण्ड निवास लाजिम्पाटमै केही महिना बसेको र बुबा (प्रचण्ड)को व्यवहार राम्रो पाए पनि मम्मी (सीता दाहाल) को व्यवहार सहन नसकेर माइत (पोखरा) जान बाध्य भएको सिर्जनाको गुनासो छ । आफ्नो र प्रकाशको सम्बन्ध यस्तो हुनुमा प्रचण्डको कुनै दोष नरहेको र आफ्ना कारणले प्रचण्डलाई असर पार्न नचाहेको सिर्जनाको भनाइ छ ।

‘बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ ।’ सिर्जना भन्छिन्- ‘प्रकाशका कारण म बुवा (प्रचण्ड) लाई असर पुर्‍याउन चाहन्न । बुवाको कारणले त होइन नि यो सबै भएको । बुवालाई असर नपुगोस् भनेरमात्रै हो म चुप लागेर बसेकी । मम्मीलाई त म मनै पराउँदिँन । म पनि उहाँलाई नंग्याउन सक्छु । तर, मम्मी (सीता)को केही कुरा गरे पनि सिधै बुवा (प्रचण्ड) सँग जोडिन्छ । त्यही भएर म धेरै बोल्न सकेकी छैन ।’

चरित्रहीन प्रकाशले यतिबेला मिडियामा आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेकोमा आपीत्त जनाउँदै चरित्र हत्या नगर्न चेतावनीसमेत दिएकी छन् । यसबारे उनले फोन गरेर प्रचण्डलाईसमेत जानकारी गराएको बताएकी छन् ।

माओले पाँचवटी बिहे गरेका थिए रे !

आफ्ना ससुराले भारतबाट फर्केपछि पोखरामा आफु र आफ्नो परिवारसँग भेट गरेको सिर्जनाले बताएकी छन् । तर, सो भेटमा सीता दाहालले माओत्सेतुङले पाँचवटी श्रीमती बिहे गरेका थिए भन्दै आफ्नो छोराको पक्षमा वकालत गरेको र आफूलाई पाल्न नसक्ने बताएको गुनासो उनको छ । सिर्जनाले भनेकी छन्- ‘भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिग्रियो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । म भित्र गइँन किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्नै मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा

(प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।’

मिरर न्युजमा प्रकाशित सिर्जनाको भनाइको सम्पादित अंश
१७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग मेरो बिहे भयो । ०६४ माघ ३ गते म बुहारीकारूपमा प्रचण्डको घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ ।

विवाहपछि सबै कुरा राम्ररी नै चलेको थियो । बुवा (प्रचण्ड)ले निकै माया गर्नुहुन्थ्यो मलाई । मम्मी (प्रचण्डपत्नी-सीता)को भने सुरुदेखि नै राम्रो व्यवहार पाइनँ । छोरामात्रै भन्ने उहाँको बानी । प्रकाशको पनि केटी मामिलामा त्यस्तो नराम्रो बानी थिएन । रक्सी खाने बानी भने थियो ।

बिनासँग अलिअलि सम्बन्ध हुन थालेपछि प्रकाशको व्यवहार परिवर्तन हुन थाल्यो । रक्सी खाएर झगडा गर्नुका साथै बेलाबेला ममाथि हात पनि उठाउन थाले । मैले असाध्यै मेहनत गरेर सम्झाउन पनि खोजें । तर, मेरो कोसिस व्यर्थ भयो । बिनासँग प्रकाशको सम्बन्धबारे बिस्तारै घरमा सबैलाई थाहा हुन थाल्यो । मम्मी (सीता)लाई त अझ राम्ररी थाहा थियो । बुवा (प्रचण्ड)लाई पनि थाहा थियो जस्तो लाग्छ । घरका सबैले त्यहीबेला पहल गरेर उनीहरूलाई टाढा गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।

प्रकाश र बिनाबीच गहिरो सम्बन्ध सुरु भएको उनीहरूले रसुवामा आरोहणबारे एउटा तालिम लिएर फर्केपछि हो । त्यताबाट फर्केपछि उनीहरूसँगै मर्निङवाकमा जान्थे । रसुवाबाट अलिअलि सुरु भएको सम्बन्धलाई दिन दिनैको मर्निङवाकले थप सुमधुर बनाएजस्तो लाग्छ । तर, तिनीहरूको सम्बन्ध त्यसभन्दा पुरानो भने होइन । त्यही सगरमाथा चढ्ने कुरा चल्न थालेपछि उनीहरूको नजिकबाट चिनाजानी भएको हो । हिमचिम बढ्दै गएपछि उनीहरूका गतिविधिबारे घरमा पनि सबैलाई थाहा हुन थाल्यो । सगरमाथाबाट फर्केपछि प्रकाशले बिनालाई लिएर फ्याट्ट हिँडेपछि त सबै कुरा बाहिर आइहाल्यो । त्यसभन्दा अगाडि उनीहरूबीचको सम्बन्ध छलफलमा थियो, खासगरी प्रकाश र मेरोबीचमा मात्र । जे थियो, घरभित्रै थियो । बुवा (प्रचण्ड)ले पनि धेरै सम्झाउनुभयो प्रकाशलाई । ‘तँ नै बद्मास रहेछस्, यस्तो गर्ने हो तैंले ? तँ निस्किहाल घरबाट’ भनेर बुवाले प्रकाशलाई धेरै झपार्नुभयो । तर, पनि केही भएन । प्रकाश बुवाका अगाडि बोल्दै नबोल्ने । मम्मीले धेरै कुरा लुकाउने । मम्मीले बुवालाई ‘टेन्सन’ हुन्छ भनेर कुरा लुकाउने । व्यवहार नै त्यस्तै हो उहाँको त । छोराप्रति अन्धोप्रेम थियो मम्मी (सीता)मा । हुन त छोराछोरीप्रति बुवाआमाको माया हुन्छ नै । मेरो पनि छोरा छ । तर, माया गर्ने भन्दैमा आँखा चिम्लेर त गर्नु भएन नि । छोराछोरीले गल्ती गरेमा सम्झाउने मात्रै होइन, आवश्यक परे झपार्नु पनि पर्छ ।

अहिले प्रकाशसँग मेरो सम्बन्ध बिग्रिएको छ । उनले त अहिले मेरोबारे जे पनि भन्छन् । उनी कस्ता हुन् भन्ने कुरा त उनको पृष्ठभूमि हेरेरै थाहा हुन्छ । पहिला पनि यस्तो घटना भएकै हो । स्थिति कस्तो थियो ? उनको मोटामोटी कुरा सबै त बाहिर आएकै हुन् । पत्रकारले पनि देखेकै कुरा हो । प्रकाशलाई अहिले एउटै कुरा चासो छ, कसरी हुन्छ मबाट अलग हुने । त्यही भएर अनेकथरि कुरा गर्दै हिँडेका छन् । उनलाई यतिबेला सिर्जनाले डिभोर्स दिए हुन्थ्यो भन्ने चिन्ता मात्रै छ । त्यही भएर उनले मलाई कसरी टर्चर दिउँ भन्ने सोचेका छन् । त्यस्तो व्यवहार गरिरहेका छन् । ममाथि चारैतिरबाट प्रहार गरिरहेका छन् उनले ।

मेरो विषयमा समाचार आयो । मैले यो विषयमा बुवा -प्रचण्ड)सँग पनि फोनमा कुरा गरे । ‘बुवा (प्रचण्ड) तपाइले मलाई सधैँ समान व्यवहार गर्छु भन्नुहुन्थ्यो खै गरेको ?’ भनेर सोधेँ । ‘प्रकाश मेरोबारे मिडियामा जथाभावी बोल्दै हिँडेका छन्, यदि तपाईं मलाई सपोर्ट गर्नुहुन्छ भने कुनै सार्वजनिक कार्यक्रममा मिडियाले त्यत्तिकै प्रचार गरेको हो भनेर बोलिदिनुस् । होइन, तिमी आफ्नो तरिकाले जाऊ मलाई मतलब छैन भन्नुहुन्छ भने म आफ्नो तरिकाले जान्छु’ भनेर बुवा (प्रचण्ड)सँग गुनासो गरेँ । बुवाले ‘होइन, होइन, म सहयोग गर्छु नि,’ भन्नुभएको छ ।

सबैलाई थाहा भएकै कुरा हो, प्रकाश नहुँदा पनि  म आठ महिनासम्म लाजिम्पाटमै बसेँ । मम्मी (सीता)को व्यवहार सधैँ त्यस्तै । उहाँबाट कहिल्यै पनि राम्रो व्यवहार र माया पाउन सकिनँ । अन्तिममा साह्रै भएर निस्केकी हुँ लाजिम्पाटबाट । बुवा (प्रचण्ड)ले मलाई सधैँ सम्झाउने गर्नुहुन्थ्यो । ‘बाहिर गयो भने अप्ठ्यारो पर्छ’ भन्ने उहाँको कुरा थियो । उहाँले ‘मेरो व्यवहार तिमीलाई जस्तो प्रकाशलाई कहिले हुँदैन’ भन्नुहुन्थ्यो र थियो पनि । बुवा (प्रचण्ड)ले गर्दा म बाहिर आउन नचाहेकी हुँ । आफ्नो गल्ती भएर म मौन बस्या होइन । अहिले त मेरो गल्ती भएजस्तो देखाउन खोजिएको छ ।

हामी सबैले गर्दा उहाँहरू आजको ठाउँमा पुग्नुभएको हो, एक्कासी आकाशबाट झरेर पुग्या त होइन । उहाँको ‘ब्याकग्राउन्ड’ स्थिति अहिलेको मेरो परिवार  (माइती)को जुन स्थिति छ, त्योभन्दा पनि नाजुक थियो । हाम्रो (माइती) गरिबीलाई देखेर प्रकाशले ‘यसको केही छैन’ भन्ने ठानेका होलान् । त्यही भएर कसरी टर्चर दिउँ भन्ने सोचेका होलान् ।

सबै सत्य एक बाहिर आउँछ । अहिले कति आउँछ थाहा छैन । मेरो बुवा (माइती घर पोखराका)ले बल्ल हिजोआज मम्मी (सासू सीता) को व्यवहार बुझ्दै हुनुहुन्छ । यो घटना उत्कर्षमा पुगेका बेला मेरो बुवा (पोखरा) काठमाडु आउनुभएको थियो । मम्मी (सीता)ले झगडा गरेर ‘म तपाईंकी छोरी पाल्न सक्दिनँ । आफ्नो छोरो त गयो, गयो, अब तपाइकी छोरी पाल्न सक्दिनँ,’ भन्नुभएछ ।

भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो त्यत्ति कुरा भएन । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । मम्मी पनि सँगै हुनुहुन्थ्यो । मेरो बुवा (पोखराको)सँग प्रचण्ड बुवाले भित्र कुरा गर्नुभयो । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिगि्रयो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । पछि मेरो बुवा (पोखराको)ले यस्तो भन्नुभयो भनेर मलाई सुनाउँदा कस्तो नराम्रो लागेर आयो । म भित्र गइनँ किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्ने मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा (प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।

बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ । तर, प्रकाशको बानी नै त्यस्तो छ, उल्टै मलाई आरोप लगाउँदै हिँड्ने । यदि मेरो चरित्र खराब छ, योेसँग हिँडेकी छ भन्ने थाहा छ भने प्रकाशले देखाइदिऊन् न त । म त्यसैसँग जान्छु । होइन भने मलाई न्याय दिनुपर्‍यो । जथाभावी आरोप लगाउन त पाइँदैन नि । आफैँ गल्ती गर्ने अनि अरूलाई आरोप लगाउने ? यो त राम्रो कुरा होइन ।

बुवा (प्रचण्ड)ले ‘मिडियाले जे पनि भन्छ, धेरै उचाल्छ । तिमी चिन्ता नगर,’ भन्नुभएको छ । मलाई कतै जागिर व्यवस्था गर्ने कुरा उहाँले गर्नुभएको छ । मेरो छोरालाई होस्टेलमा राखिदिने उहाँले भन्नुभएको छ । त्यसो गर्दा बाबुलाई मैले पनि भेट्न पाउने र बुवा (प्रचण्ड)ले पनि भेट्न पाउने हुन्छ भन्ने उहाँको कुरा हो । तर, म मेरो छोरालाई कुनै पनि हालतमा छाड्दिनँ । उहाँहरूसँग सबै सेवा सुविधा छ । मेरो छोरोलाई उहाँहरूको जति सेवा सुविधा मैले दिन सक्दिनँ होला । तर, मेरो क्षमताले भ्याएसम्म बाबुलाई राम्रोसँग पढाउन चाहन्छु । अहिले मिडियामा बुवा (प्रचण्ड)ले बाबुलाई आफूसँग राख्न ७५ लाख दिन्छु भनेर प्रस्ताव गरेको भनेर आएको पनि देखेँ । त्यो सरासर गलत हो । उहाँले त्यस्तो केही कुरै गर्नुभएको छैन । हाम्रो (पोखरा) परिवारका तर्फबाट झन् त्यस्तो कुरा जानै सक्दैन । बुवा (प्रचण्ड)ले त बाबुलाई होस्टेलमा राखिदिने कुरा मात्रै गर्नुभएको हो ।


बुवा (प्रचण्ड)ले नातिलाई धेरै माया गर्नुहुन्छ । पोखरा आएको बेला पनि खेलाएर बस्नुहुन्छ । बाबुलाई केही दिनका लागि लैजान खोज्नुभएको थियो । तर, मैले ‘बुवा मेरो जीवन भनेको यही हो’ भनेर लैजान दिइनँ । लाजिम्पाटमा पनि बाबुलाई काखमा लिइरहनुहुन्थ्यो बुवाले । बाबु हुर्केर १८ वर्ष पुगुन्जेलसम्म म उसलाई राम्ररी हेर्छु । त्यसपछि उसलाई बुवा ठीक लाग्यो भने उसैको इच्छा हो । मैले अर्को विवाह नगरुन्जेल बाबुप्रति मेरा अधिकार छ । यदि मैले बाबुप्रतिको उत्तरदायित्व वहन गरेको छैन भने उहाँहरूले लैजान खोज्नु स्वाभाविक होला । तर, उसको बुवा -प्रकाश)को जसरी म अर्कैसँग भागेकी त छैन नि । त्यस्तो म कहिल्यै गर्दा पनि गर्दिनँ । हाम्रो सम्बन्ध बिगि्रएपछि प्रकाशले त बाबुसँग एकपटक कुरासमेत गरेको छैन ।

बुवा (प्रचण्ड)ले पनि ‘कुनै पनि एंगलबाट पनि तिम्रो गल्ती छैन, के गर्ने त्यही -प्रकाश) कुकुर भयो, गधा भयो । त्यसले गल्ती गर्‍यो,’ भनेर पटक-पटक भन्नुभएको छ । अब मम्मी (सीता)को त के कुरा गर्नु ? उहाँ त त्यस्तै हो, छोरा-छोरा मात्रै भन्ने । छोराको गल्ती सबै नदेखेजस्तो गर्ने उहाँको बानी ।

श्रीमान् हो भनेर कहिलेकाहीँ मनमा प्रकाशप्रति माया पनि जाग्छ । मैले पाँच वर्ष उनीसँग बिताएकी छु नि । सुध्रिन्छन् कि भन्ने आशा पनि थियो । त्यही आशाले मात्रै म मौन बसेकी हुँ । मेरो मौनतालाई उल्टो बुझेर उनले त यसको कोही पनि छैन भनेर साह्रै बेइज्जत पो गर्न थाले । आँट भए मेरो गल्ती के हो देखाउनुपर्‍यो नि । मेरो चरित्र नराम्रो हुन्थ्यो र अर्कैसँग जाने मन भए प्रकाशसँग सम्बन्ध बिग्रेको एक वर्षसम्म किन यसरी बस्थेँ ? अहिलेसम्म त म खुसी भएर अर्को विवाह गरिसक्थेँ होला नि ! प्रकाशले विभिन्न तरिकाले अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै । अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ ।
(सिर्जनाका विषयमा विस्तृत सामग्री मिरर न्युज मासिकले प्रकाशित गरेको छ ।) - अनलाइनखबर

Thursday, 6 June 2013

नक्कली नोट बनाएर ठग्ने दुई पक्राउ

आजको पञ्चाङ्ग र राशीफल




विक्रमसंवत् २०७० साल ज्येष्ठ २३ गते बिहीबार,
ईश्वीसन् २०१३ जुन ०६, नेपाल संवत् ११३३,

आज नेवारी पर्व सिथिचह्रे पूजा,

ज्येष्ठ कृष्णपक्ष (वछलागा), त्रयोदशी तिथि, साँझ ४ बजेर ५२ मिनेटसम्म, त्यसपछि चतुर्दशी तिथि,
चन्द्रमा मेष राशीमा,  बेलुका ९ बजेर २९ मिनेटसम्म, त्यसपछि बृष राशीमा,
भरणी नक्षत्र दिउँसो २ बजेर ५९ मिनेटसम्म, त्यसपछि कृतिका नक्षत्र,
अतिगण्ड योग साँझ ६ बजेर १३ मिनेटसम्म, त्यसपछि सुकर्मा योग,
दिनको पूर्वार्द्धमा वणिज र उत्तरार्द्धमा विष्टि (भद्रा) करण,
अमृत बारबेला : दिउँसो १ बजेर ३८ मिनेटदेखि ३ बजेर २१ मिनेटसम्म,
लाभ बारबेला : दिउँसो ११ बजेर ५५ मिनेटदेखि १ बजेर ३८ मिनेटसम्म,
शुभ बारबेला : बिहान ५ बजेर ०२ मिनेटदेखि बिहान ६ बजेर ४५ मिनेटसम्म र साँझ ५ बजेर ०४ मिनेटदेखि ६ बजेर ४७ मिनेटसम्म,
राहुकाल : दिउँसो १ बजेर ३८ मिनेटदेखि ३ बजेर २१ मिनेटसम्म ।






मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन सामान्य छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ । व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । समय राम्रो छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । उपहार प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् । अनावश्यक खर्चको योग छ तर व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला । पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ पूर्व वा दक्षिण दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ कुराको संकेत मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खराब समय छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ । शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग नल्याउनु नै बेस होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने सम्भावना छ । मध्याह्नपछि त्यत्ति राम्रो छैन । भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम दिनको पूर्वार्द्धभित्रै सक्नु होला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ, आफुलाई पनि चोटपटकको भय छ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, साँझमा अचानक पेटको समस्याले सताउन सक्छ । विचार गरेर काम गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यवसाय मध्यम रहेको छ । बौद्धिक क्षेत्र राम्रो देखिन्छ । गरेका कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ । पारिवारिक सम्बन्ध सामान्य रुपले अगाडि वढ्ने छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । समय राम्रो छैन । मित्रको व्यवहार शत्रुतापूर्ण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय राम्रै छ । साथीभाइ जम्मा भई मनोरञ्जनमा दिन बित्ने छ । लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन हुने समय आएको छ । जति सक्दो नयाँ झन्झटबाट मुक्त रहनु होला । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । शुभ कुराको संकेत मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ । कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

Tuesday, 4 June 2013

उमेर हदबन्दीले खाडी मुलुक जाने महिलाको सङ्ख्या घट्यो

अमेरिकी महिलाको भारतमा सामूहिक बलात्कार

२१ जेठ, एजेन्सी । एक अमेरिका महिलाको भारतमा सामूहिक बलात्कार गरिएको छ । भारतको मनालीमा ३० वर्षीय अमेरिकी महिलाको तीन पुरूष मिलेर सामुहिक बलात्कार गरेका हुन् ।आज बिहान तीन पुरूषले ती महिलालाई ट्रकमा जबरजस्ति राखेर एकान्त ठाँऊमा लगेर बलात्कार गरेका थिए । एक साथीलाई भेटेर गेस्ट हाउसमा फर्कने क्रममा उनलाई ती पुरूषहरूले जबरजस्ति ट्रकमा राखेर केही पुर्याउँदै बलात्कार गरेका थिए । बलात्कार पछि ती महिलाले आफै प्रहरीसामू पुगेर आफू बलात्कृत भएको उजुरी गराएकी थिइन् ।
प्रहरीले उजुरीपछी तीन जनाविरुद्ध अलर्ट जारी गरेपनि कसैलाई पक्राउ गरेको छैन् ।
यो भन्दा अगाडि पनि एक स्विस महिलालाई केही व्यक्तिहरुले गत मार्चमा सामूहिक बलात्कार गरेका थिए । आफ्ना पतिसँग साइक्लिङमा रहेकी ती महिलालाई बलात्कार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

एसएलसीको नतिजा स्पेरो एस् एम एसबाट

अब चाडैं नै परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एसएलसीको नतिजा सार्वजनिक गर्नेछ | प्राप्त सूचना अनुसार एसएलसी नतिजा असारको पहिलो साता तिर आउने सम्भावना प्रबल देखिन्छ | एसएलसी नतिजाको मिति नजिकिदै गर्दा एसएलसी दिएर बसेका विद्यार्थीहरुमा उत्साह तथा उत्सुक्ता बढ्दै गएको छ | परिक्षा नियन्त्रक खगराज बरालले असार साताभित्र नतिजा प्रकाशन गर्न लागिपरेको बताएका छन् |

तर गत वर्षहरु जस्तै यस वर्ष एसएलसीको नतिजा कुनैपनि दैनिक पत्रिकामा नआउने भएको छ | परिक्षा नियन्त्रण कार्यालयले दरखास्त आह्वान गरेपनि कुनै पत्रिकाबाट दरखास्त नआएपछी यसपल्ट कुनैपनि पत्रिकामा नतिजा प्रकाशन नहुने भएको छ |
तर प्रविधि तथा तकनिकको विकासले गर्दा एसएलसी दिएका विद्यार्थीहरुले आ-आफ्ना नतिजा थाहा पाउन न त धेरै कुर्नु पर्ने नै हुन्छ न त कुनै कष्ट नै गर्नुपर्छ | एस् एम एस् बाटै नतिजा थाहा पाउन सकिने भएकाले पत्रिकामा नआए पनि नतिजा हेर्न कुनै कठिनाई नहुने अनुमान गरिएको छ | त्यस्तै विगत तीन वर्षदेखि एस् एम एस् बाट विभिन्न तहको नतिजा उपलब्ध गराउँदै आएको स्पैरो एस् एम एस् ले यस वर्ष पनि एस् एम एस् बाट नतिजा उपलब्ध गराएर विद्यार्थी तथा अभिभावक वर्गलाई सेवा पुर्याउन सक्नेमा विस्वस्त रहेको जनाएको छ |
परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीबाट नतिजा प्रकाशन भएपछि, एस् एम एस् बाट एस्एलसी को नतिजा हेर्नलाई आफ्नो मोबाइलको मेसेज बक्समा गएर slc लेख्नुहोस अनि एउटा स्पेस दिएर आफ्नो एसएलसीको सिम्बल न. लेखेर ५००१ मा पठाउनुहोस |  जस्तै, यदि तपाइको सिम्बल न. १२३४५६A हो भने आफ्नो नतिजा हेर्नलाई Slc 123456a लेखेर ५००१मा पठाउनुहोस | थप जानकारीका लागि स्पेरो एस् एम एस् को आधिकारिक वेबसाइट http://sparrowsms.com/ तथा फेसबुक पेजhttp://www.facebook.com/sparrowsms मा सम्पर्क गर्न सकिन्छ |
Get Widget