अब चाडैं नै परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एसएलसीको नतिजा सार्वजनिक गर्नेछ | प्राप्त सूचना अनुसार एसएलसी नतिजा असारको पहिलो साता तिर आउने सम्भावना प्रबल देखिन्छ | एसएलसी नतिजाको मिति नजिकिदै गर्दा एसएलसी दिएर बसेका विद्यार्थीहरुमा उत्साह तथा उत्सुक्ता बढ्दै गएको छ | परिक्षा नियन्त्रक खगराज बरालले असार साताभित्र नतिजा प्रकाशन गर्न लागिपरेको बताएका छन् |
तर गत वर्षहरु जस्तै यस वर्ष एसएलसीको नतिजा कुनैपनि दैनिक पत्रिकामा नआउने भएको छ | परिक्षा नियन्त्रण कार्यालयले दरखास्त आह्वान गरेपनि कुनै पत्रिकाबाट दरखास्त नआएपछी यसपल्ट कुनैपनि पत्रिकामा नतिजा प्रकाशन नहुने भएको छ |
तर प्रविधि तथा तकनिकको विकासले गर्दा एसएलसी दिएका विद्यार्थीहरुले आ-आफ्ना नतिजा थाहा पाउन न त धेरै कुर्नु पर्ने नै हुन्छ न त कुनै कष्ट नै गर्नुपर्छ | एस् एम एस् बाटै नतिजा थाहा पाउन सकिने भएकाले पत्रिकामा नआए पनि नतिजा हेर्न कुनै कठिनाई नहुने अनुमान गरिएको छ | त्यस्तै विगत तीन वर्षदेखि एस् एम एस् बाट विभिन्न तहको नतिजा उपलब्ध गराउँदै आएको स्पैरो एस् एम एस् ले यस वर्ष पनि एस् एम एस् बाट नतिजा उपलब्ध गराएर विद्यार्थी तथा अभिभावक वर्गलाई सेवा पुर्याउन सक्नेमा विस्वस्त रहेको जनाएको छ |
परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीबाट नतिजा प्रकाशन भएपछि, एस् एम एस् बाट एस्एलसी को नतिजा हेर्नलाई आफ्नो मोबाइलको मेसेज बक्समा गएर slc लेख्नुहोस अनि एउटा स्पेस दिएर आफ्नो एसएलसीको सिम्बल न. लेखेर ५००१ मा पठाउनुहोस | जस्तै, यदि तपाइको सिम्बल न. १२३४५६A हो भने आफ्नो नतिजा हेर्नलाई Slc 123456a लेखेर ५००१मा पठाउनुहोस | थप जानकारीका लागि स्पेरो एस् एम एस् को आधिकारिक वेबसाइट http://sparrowsms.com/ तथा फेसबुक पेजhttp://www.facebook.com/sparrowsms मा सम्पर्क गर्न सकिन्छ |
No comments :
Post a Comment