Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अमेरिकी महिलाको भारतमा सामूहिक बलात्कार

Tuesday, 4 June 2013

अमेरिकी महिलाको भारतमा सामूहिक बलात्कार

२१ जेठ, एजेन्सी । एक अमेरिका महिलाको भारतमा सामूहिक बलात्कार गरिएको छ । भारतको मनालीमा ३० वर्षीय अमेरिकी महिलाको तीन पुरूष मिलेर सामुहिक बलात्कार गरेका हुन् ।आज बिहान तीन पुरूषले ती महिलालाई ट्रकमा जबरजस्ति राखेर एकान्त ठाँऊमा लगेर बलात्कार गरेका थिए । एक साथीलाई भेटेर गेस्ट हाउसमा फर्कने क्रममा उनलाई ती पुरूषहरूले जबरजस्ति ट्रकमा राखेर केही पुर्याउँदै बलात्कार गरेका थिए । बलात्कार पछि ती महिलाले आफै प्रहरीसामू पुगेर आफू बलात्कृत भएको उजुरी गराएकी थिइन् ।
प्रहरीले उजुरीपछी तीन जनाविरुद्ध अलर्ट जारी गरेपनि कसैलाई पक्राउ गरेको छैन् ।
यो भन्दा अगाडि पनि एक स्विस महिलालाई केही व्यक्तिहरुले गत मार्चमा सामूहिक बलात्कार गरेका थिए । आफ्ना पतिसँग साइक्लिङमा रहेकी ती महिलालाई बलात्कार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

No comments :

Get Widget