२१ असार, रोल्पा । रोल्पामा एक घरपरिवारले
बोक्सीको आरोपमा छोरीलाई मानसिक यातना दिदै
आएको रहस्य खुलेको छ । धवाङ-१ की १६ वर्षीय
संगीता सुनारलाई बोक्सीको आरोपमा आफ्नै
आमा बुवा तथा मामाले बोक्सीको मानसिक यातना दिदै
आएको पीडित संगिताले प्रहरीमा दिएको उजुरीमा उल्लेख
छ ।
३ वर्ष अगाडिदेखि अस्वस्थ रहँदै आएकी संगितालाई
स्थानिय झाक्रि भनिने स्थानिय बिरबहादुर घर्तीले
बोक्सी बिद्या सिक्दै गरेको आरोप समेत लगाएको र
त्यसैको आडमा आमाबुवा लगायत अन्य छिमेकीहरुले
कुटपिट तथा मानसिक तनाव दिने गरेको पीडित बालिकाले
वताएकी छिन् । ८ कक्षा उत्तीर्ण गरेकी यी संगिताले
आफुलाई बोक्सीको आरोप लगाएपछि स्कुल
जानपछि छोडेको गुनासो गर्नुभएको छ ।
कुटपटिमा संलग्नहरु मध्ये पीडितका मामा तिलकराम
परियारले पन्ध्र सय औषधी उपचारको लागि दिदै घटनालाई
मिलाइएको छ ।
पीडितको निबेदनको आधारमा घर परिवार र आफन्तलाई
महिला बिकास कार्यालयको रोहबारमा छलफल गराएर
माफि मगाइएको प्रहरीले बताएको छ । यस्तै घर परिवारले
पनि अबदेखि त्यस्तो व्यवहार नगर्ने र छोरीलाई पढाउने
प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले
बोक्सी बिद्या सिक्दै गरेको आरोप लगाउने झाक्रीलाई
पक्राउ गर्ने जनाएको छ ।
No comments :
Post a Comment