भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो !
यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित
यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा
लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको पाइन्छ !
यो रोग लागेपछि प्रायले गोप्य राख्छन ! यासरी गोप्य राख्दा रोगको स्तिथि
झन्झन् चर्को भएर जान्छ ! यस रोग थाहा नै नभैकन सुरु हुन्छ ! उसले आफु
स्वस्थ भएको ठानी यौन क्रियाकलापमा लाग्ने गर्दा थाहा नै नभैकन अरुलाई
सर्ने भएकाले यो रोग अत्यन्तै खतरनाक पनि देखिन्छ ! यो रोग भिरिन्गी सुत्लो
(Treponema pallidum) भन्ने जीवाणुको कारणद्वारा लाग्छ ! यी जीवाणु
बिरामीको यौनिरसको साथै विर्य, रगत थुक आदिमा पनि पाइन्छन ! यो रोगको
संक्रमणकाल १० दिनदेखि ९० दिन सम्म हुन्छ ! यो रोगको उपचार नभएको खण्डमा यो
रोग विभिन्न अवास्थाबता गुज्रने गर्दछ !रोग सर्ने तरिका: यो रोग लागेको
व्यक्तिबाट रक्तदान लिएमा रगतको माध्यमबाट सर्दछ.यौनसम्पर्क, चुम्बन,
स्तनपान प्रतक्ष्य सम्पर्क आदिबाट पनि यो रोग सर्दछ.विरामीले पर्योग गरेका
सामग्री तथा लुगाफाटाहरुमा जीवाणु हुने भएकाले त्यसबाट पनि सर्दछ.गर्वती
महिलालाई भिरिन्गी भएमा, उनको पेट भित्रको बच्चालाई पनि सर्न सक्छ. यस
रोगका लक्षणहरु निम्नलिखित छन्: भिरिन्गीको प्रारम्भिक अवस्थामा बिरामीका
शरीरमा कडा खालको नदुख्ने दाना हरु निस्कनछन् पछी ति दानाहरु फुट्छन् र घाउ
हुन्छ ! यस्तो घाउ पिप नभएको हुन्छ ! निकोभएपछी यो खटिराको खत रहदैन
बाहिरी जननेद्रियको कुनैपनि ठाउँ, मलद्वार आदिमा प्रारम्भिक भिरिन्गिका
लक्षणहरु देखा पर्न सक्छन ! भिरिन्गिको दोस्रो अवस्थामा गिर्खाहरू ठुला भएर
आउने तर नदुख्ने हुन्छ ! छालामा गुलाबी रंगको डाबर वा फोका देखा पर्ने
हुन्छ ! ति दानाहरु नदुख्ने वा नाचिलाउने भएकाले बिरामीले थाहा नपाउन पनि
सक्छन !एक दुई महिना पछी फोकाहरू शरीरको सबै भागमा देखा पर्दछन ! टाउकामा
पनि यस्ता फोका हरु आउने भएकाले केश झर्न सक्छ !त्यसपछी लिंगमुन्ड,
मलद्वार, योनी, कास, काखी स्तनको भित्रि भाग जस्तो न्यानो ठाउमा भिरिन्गिका
फोका हरु फैलदै जान्छन ! यो अवस्थामा सबैभन्दा सरुवा अवस्था भनिन्छ
!भिरिन्गिले हाडमा समेत असर पर्ने भएकाले सानो चोट लाग्दा हाड भाचिन पनि
सक्छ ! भिरिन्गी महिलाले जन्माएको नवजात सिशुलाई पनि २ देखि १० भित्रमा
देखा पर्छ ! 

धुर्कोट् (गुल्मी), २१ जेठ । छापहिले–२ गुल्मीकी २१ वर्षीया युमुना खड्का आर्थिक अभावका कारण वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा हुनुहुन्थ्यो । उहाँ एक महिना अघिमात्र राहदानी बनाउन राजधानीबाट सदरमुकाम तम्घास आउनुभयो, तर ३० वर्षभन्दा कम उमेरका महिलालाई खाडी मलुक जान सरकारले रोक लगाएको जानकारी पाएपछि उहाँ त्यत्तिकै फर्कन बाध्य हुनुभयो ।
“घरमा जेठी छोरी भनेकी मै हुँ, अरु बहिनी र भाइ साना छन्, मेरो बाबा अब ६० वर्षको पुग्न थाल्नुभयो, मैले पैसा नकमाउने हो भने मेरो घरमा आर्थिक अभावले खानसमेत पाइँदैन”– उहाँले भन्नुभयो ।
सात कक्षासम्मको अध्ययन गर्नुभएकी उहाँले आफूलाई आर्थिक, शैक्षिक दुवै हिसावले दुबई नै ठीक हुने बताउनुभयो ।
खड्का मात्रै होइन गुल्मी जिल्लामा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा चाहेर पनि उमेर हदबन्दीका कारण जान नपाउने महिलाहरु धेरै छन् । घरमा श्रीमानको कमाइले छोराछोरीको खर्च नचल्ने भएपछि इश्मा दोहली–७ निवासी २६ वर्षीया सुमित्रा कार्कीले पनि वैदेशिक रोजगारमै जाने तयारी गरिरहुनभएको थियो । उहाँलाई पनि सरकारले ल्याएको ऐनले विदेश जानबाट बञ्चित गरायो ।
समाजको चुनौतीका बाबजुद घरपरिवार, श्रीमान, छोराछोरी सबै त्यागेर विदेश जाने तयारी गरिरहेकी कार्कीको वैदेशिक रोजगारीमा गएर सम्पन्न परिवार बनाउने धोको चार वर्षका लागि अझै अधुरै रहने भएको छ ।
रहरले भन्दा पनि बाध्यताले वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेको बताउँदै उहाँले खाडी मुलुकमा कम उमेर भएकै कारण जान नपाउने नियमले आफूजस्ता गरीब र विपन्नहरु भोकै मर्न बाध्य हुने बताउनुभयो । “मेरो श्रीमानको कमाइले म र मेरो दुई छोराछोरीलाई एक छाक खान र एकसरो लुगा फेर्न पनि पुग्दैन”–उहाँले भन्नुभयो, “छोराछोरी पढाउन, पाल्न मैले नै कमाउनुपर्छ, श्रीमान् बिरामी पनि हुनुहुन्छ, उहाँ विदेश गएर कमाउन सक्नुहुन्न ।”
दैनिक घर निर्माण गर्ने काम गर्ने कार्कीका श्रीमानको मासिक आम्दानी रु पाँच हजार मात्रै हुन्छ । खर्चअनुसार आम्दानी कम हुँदा आफूलाई रोजगारीका लागि विदेश नै जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
केही वर्ष अगाडि घरपरिवार चलाउनका लागि पुरुष मात्रै रोजगारीका लागि विदेश जाने प्रचलन रहेपनि पछिल्लो समयमा महिलाहरु पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । तर पछिल्लो पटक सरकारले वैदेशिक रोजगारीमा जाने महिलालाई लक्षित गरी ल्याएको उमेर हदबन्दीसम्बन्धी ऐनले खाडी मुलुक जाने महिलाको सङ्ख्या घटेको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका कर्मचारी भुवन बस्नेतले जानकारी दिनुभयो ।
अरुको लहलहैमा लागेर विदेश जाने महिलाहरु आजभोलि खासै नभएको जिल्ला विकास समितिका सूचना अधिकृत शङ्करप्रसाद गौतमले बताउनुभयो । उहाँले जिल्ला विकास समितिमा राखिएको वैदेशिक रोजगारसम्बन्धी सूचनाकक्षमा सूचना लिनेको सङ्ख्या बढेको बताउनुभयो ।
खाडी मुलुकमा रोजगारीका लागि जाने महिलालाई सरकारले लगाएको उमेर हदबन्दीले महिलाहरुलाई अवैधानिक बाटो हुँदै विदेश जान बाध्य पारेको पिपुल फोरमकी जिल्ला संयोजक सञ्जीवनी अर्यालको भनाइ छ । “उमेरहदबन्दी नै समस्याको समाधान होइन, महिलाहरु यहाँ नेपालको विमानस्थलबाट नभई भारतको बाटो हुँदै गइरहेका छन्” उहाँले भन्नुभयो । रासस


