----------------------------- प्रदिप राई - मलेसिया । नेपाली यूवाहरुकोे प्रमुख आर्कषकको रोजगारमुलुक मलेसियामा नेपालीहरुलाई नेपालीले नै ठग्ने क्रम दिनदिनै बढिरहेको छ ।
नेपालबाट मलेसिया आउँदा नेपालमा गरेको मेनपावर कम्पनि सङ्को सम्झौता अनुसारको सेवा र सुविधा मलेसियामा पुगेर कम्पनीले नदिएपछी कम्पनी छोडेर बाहिर अबैधानिक भएर बसेका नेपाली यूवाहरुलाई दिना नु दिन ठगिने क्रम बढिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पूर, पेनाङ्, जोहोर, लगायत अन्य प्रमुख राज्यहरुमा अवैधानीक भएर बस्ने नेपालीहरुको बाक्लो बसोबासो पाइन्छ । अवैधानकि भएर बसेका नेपालीहरुलाई काम लगाइदिने दलाल एजेन्टहरुले महिनाको आरएम १४ सय देखि माथीको प्रलोभन देखाउने र काम लगाइदिए वापत उनहिरुलाई आरएम २ सय देखि माथी अगाडीनै पैसा माग्ने गरेको पाइन्छ । अवैधानिक भएर काम गरिरहेका मकवानपुरका महेश तामाङ् कामको अफर मोवायल एसएमएस पाएपछी फोन गर्दा क्वालालम्पूरको कोतरायमा बोलाएपछि उनी त्याहा गएको बताउछन् । कोतरायमा पुगेपछी उल्टै मोवायलमा रिचार्ज गरिदिनु प¥यो अनी म बोस सङ्ग कुरा गरेर कामको पुर्ण जानकारी दिन्छु भनेपछी तामाङ् अवैधानिक भएर बसेको साथमा पैसा पनि मभएकोले रित्तै पुन फर्केका बताउछन् । त्यसै गरि क्वालालम्पूर नजीकै रहेको काजाङ्मा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिन्छु भन्दै स्याङ्जाका पूर्णबहादुर थापालाई रामजी लुइटेल नाम गरेका नेपालीले काजाङ्को एक नेपाली होटेलममा बोलाएपछि थापा होटेल पुगेका थिए होटेलमा भेट भएपछि राम्रो कुराकानी भयो अनी मासिक तलव १४ सय आरएम काम गर्ने १२ घण्टा, छुट्टि नगर्ने गरे वापत पैसा काट्ने सम्झौता भएपछि पैसाको कुरा गर्नथाले तपाइले मलाई काम लगाइ दिए वापत २ सय आरएम दिनु पर्छ यदि तपाइले नदिए वापत तपाइलाई काम पाउनुहुने छैन । यो कुरा सुनेपछि आपूmसङ्ग २ सय आर एम नभएपछि साथीहर सङ्ग सापट गरेर आउछु भनेर त्याहा बाट भागेको बताउँछन् । यसरी नेपालीले नेपालीलाई ठग्ने क्रम मलेसियामा दिनका दिन बढिरहेको छ । थापा र तामाङ् त ठग बाट बचेर हिडेको समाचार छ तर थापा र तामाङ जस्ता हजारौ नेपालीहरु अहिले मलेसियामा ठगिरहेका छन् ।
No comments :
Post a Comment