Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ज्वाइँलाई छोरा बनाउने पक्राउ

Thursday, 30 May 2013

ज्वाइँलाई छोरा बनाउने पक्राउ



रौतहट, जेठ १६ – भारतीय ज्वाइँलाई छोराको हैसियतमा नेपाली नागरिकता बनाइ दिन खोज्ने एक जनालाई विहीवार प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको भसेडवाका राजेन्द्र साह बनियाँले आफ्ना ज्वाइँ भारत मोतिहारीका २१ वर्षिय विशाल साहलाई घुम्ती शिविरबाट नागरिकता दिलाउन किर्ते सिफारिस गरेका बेला प्रहरीले पक्राउ गरेको हो ।

गाविसको सिफारिसका आधारमा नागरिकता वितरण टोलीमा राजेन्द्र साहले निवेदन दिएपछि विशालका बारे वास्तविकता बुझ्न सरजमिन मुचुल्का तयार पार्ने क्रममा ज्वाइँ ससुरा अलमलमा परेपछि टोलीसँगै रहेको प्रहरीले राजेन्द्र साहलाई नियन्त्रणमा लिएको घुम्ती टोली प्रमुख धु्रवराज पौडेलले बताउनुभयो ।

गाविस सचिव जयचन्द्रप्रसाद जयसवालले विशाल साह राजेन्द्र साहको छोरा हुन् भन्दै नाता प्रमाणितसहित जन्मदर्ता प्रमाण पत्र जारी गरेका थिए ।

No comments :

Get Widget