Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : झण्डै करोड लिएर फरार महिला

Thursday, 30 May 2013

झण्डै करोड लिएर फरार महिला



चितवनको रत्ननगरका महिलाहरुबाट करिब एक करोड रकम लिएर फरार भएको आरोप लागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पाँच–सात महिनादेखि गाउँका महिलाहरुबाट ब्याज दिन्छु भन्दै रकम उठाएर फरार भएकी रत्ननगरस्थित सालघारीकी रमा रिमाललाई कैलालीको धनगढीबाट पक्राउ गरी चितवन ल्याइएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए । उनलाई ब्याजमा पैसा लगाएकी रत्ननगरकी सावित्री नेपालले पैसा डुबेको चिन्तामा बुधबार विष सेवन गरी आत्महत्या गरेपछि ठगीको रहस्य बाहिर आएको हो ।
चितवन प्रहरीले दिएको सूचनाको आधारमा कैलालीको धनगढीस्थित श्रम सिर्जना पत्रिकाका सम्पादक नकुल जिसीको घरबाट बुधबार राति उनलाई कैलाली प्रहरीले पक्राउ गरेको पन्तले बताए । चितवनबाट खटाइएको प्रहरी टोलीले उनलाई आज बिहान जिल्ला ल्याएको र अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । गएको ५ गतेदेखि फरार हुँदै आएकी रिमालविरुद्ध ७ गते स्थानीय पीडितहरुले उजुरी दिएपछि करोडौँ ठगेको खुलेको हो ।
पीडितहरुले इलाका प्रहरी कार्यालय रत्ननगरमा दिएको जाहेरीमा स्थानीय कमला भट्टको ४३ लाख, हिजोमात्रै आत्महत्या गरेकी सावित्री नेपालको १४ लाख, सुनिता तिवारी अर्यालको एक लाख ५० हजार र निर्मला तामाङको दुई लाख ३० हजार रुपैयाँ लगेको उल्लिखित छ ।
यस्तै जाहेरीमा कौसिला थापाको रु एक लाख ५० हजार, धिरज श्रेष्ठको रु सात लाख, मुना घिमिरेको रु तीन लाख ६० हजार र शर्मिला भट्टको सुनको गहना उमाले लगेको जाहेरी परेको प्रहरी निरीक्षक पन्तले जानकारी दिए

No comments :

Get Widget