Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : एमाओवादी जनताको ढाडमा टेकेर कमाई खाने ठग हो, गाऊँ पस्न दिनु हुँदैन : सुजाता कोइराला

Sunday, 5 May 2013

एमाओवादी जनताको ढाडमा टेकेर कमाई खाने ठग हो, गाऊँ पस्न दिनु हुँदैन : सुजाता कोइराला

नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले एकीकृत माओवादी सोझा जनतालाई ठग्ने ठग पार्टी भएको आरोप लगाउनु भएको छ ।



कोइरालाले एमाओवादी जनतालाई ठगेर, जनताको ढाडमा टेकेर कमाई खाने पार्टी भएकाले गाउँ प्रवेशमा रोक लगाउनु पर्ने वताउनुभयो । 

शनिवार दाङको रामपुरमा रहेको गंगा क्याम्पसको भवन उद्घाटन गर्दै कोइरालाले एमाओवादी आफ्नो पार्टी काँग्रेसलाई सिध्याउने खेलमा लागको भन्दै यदि माओवादी त्यस्तो षड्यन्त्रमा लागे ऊ आफै समाप्त भएर जाने चेतावनी दिनु भयो । 

काँग्रेससंग जोरी खोजेका जुनसुकै शक्ति सिद्धिएको चर्चा गर्दै कोइरालाले एमाओवादीले पनि काँग्रेससंग जोरी खोजिरहेकाले माओवादी पनि समाप्तीको बाटोमा लागेको बताउनु भयो । उहाँले जनतालाई मुक्ति दिलाउने एकमात्र पार्टी काँग्रेस भएकाले आगामी संविधासभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउनु पर्नेमा जोड दिनुभयो ।

No comments :

Get Widget