Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : चीनले भारतको अन्य तीन ठाउँमा कब्जा गर्न सक्ने !

Sunday, 5 May 2013

चीनले भारतको अन्य तीन ठाउँमा कब्जा गर्न सक्ने !


२२ वैशाख,एजेन्सी। भारतिय सिमा भित्र १९ किलोमिटर भित्र छिरेर क्याम्प खडा गरेर बसेको चिनियाँ सेनाले निकै तयारीका साथ भारतको छिरेको निष्कर्ष भारतिय सेनाले निकालेको छ। 
१५ अप्रिलमा दौलत बेग ओल्डीमा पुग्नु अघि चिनियाँ सेनाले उक्त क्षेत्रमा भारतिय सैनिक रहे-नरहेको बारेमा जाँच गरेको निष्कर्ष निकालिएको हो।
चिनियाँ सैनिकको उपस्थितिका बारेमा भारिया सेना प्रमुख बिक्रम सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार शिव शंकर मेननसंग शुक्रबार कुराकानी गरेका छन्। यसैगरि रक्षामन्त्री एके एन्टोनीले राष्ट्रपति प्रणव मुखर्जीसंग भेटेर ताजा अवस्था जानकारी गराएका छन्।
स्रोतका अनुसार चीनका ड्रोन विमानले उक्त क्षेत्रको निरिक्षण गरेका थिए,ड्रोनले लिएको तस्विरका आधारमा चिनियाँ सेना एकसाथ तीन ठाँउबाट भारतिय भुमि छिरेका थिए ।
ताजा जानकारीका अनुसार अब भारतलाई अर्कै चिन्ताले सताएको छ। चीनले अरुणाअञ्चल,सिक्किम र उत्तराखण्डका कम्तीका चार स्थानमा कब्जा जमाउने प्रयत्न गर्न लागेको सुचना भारतले प्राप्त गरेको छ। हालसम्म ती क्षेत्रमा कुनै गडबढी नदेखएपनि भारत निकै सतर्क रहेको बताइएको छ।
भारतले लद्धाख नजिक कब्जा जमाएपछि पछि हट्न नमानेपछि भारत र चीन बिचको सम्वन्धमा तनाव आएको छ भने भारतका विदेश मन्त्री सलमान खुर्सिदले मे ९ देखि गर्ने भनेको चिनियाँ भ्रमणपनि करिब करिब नहुने अवस्थामा पुगेको छ।

No comments :

Get Widget