२५ बैशाख, काठमाडौ । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि विजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
डिभिजन थ्रीको उपाधि उचाल्दै डिभिजन २ मा उक्लिन सफल नेपाली क्रिकेट टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछी नेपाल क्रिकेट संघ (क्यान), नेपाली क्रिकेट समर्थक तथा सुभेच्छुकहरूले भव्य स्वागत गरेका थिए ।
नेपाली टोलीको स्वागतका लागि पञ्चेवाजा सहितको टोली नै विमानस्थल पुगेको थियो भने समर्थकहरू नेपालको राष्ट्रिय झण्डाका साथ क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
नेपाली टोलीको स्वागतका लागि पञ्चेवाजा सहितको टोली नै विमानस्थल पुगेको थियो भने समर्थकहरू नेपालको राष्ट्रिय झण्डाका साथ क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
यसैवीच नेपाली क्रिकेट टोलीलाई सम्मानस्वरूप नगर परिक्रमा गराइएको छ । नेपाली क्रिकेट टोलीलाई गौशाला, रातोपुल, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, भृकुटीमण्डप, सहिद गेट हुँदै राष्ट्रिय खेलकुद परिषदमा पुर्याइएको थियो ।
हेरौ उक्त क्षणका केही तस्विरहरू...

तस्विर: गोकर्ण लामिछाने
No comments :
Post a Comment