
२५ बैशाख, एजेन्सी । केही दिनअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्नो सुरक्षा संयन्त्रमा चीनीयाँ सेनाले साइबर आक्रमण गरेको आरोप लगाएको थियो । उक्त आरोपप्रति कडा आपत्ति जनाउँदै चीनले पेन्टागनको यस्तो भनाईले आफुहरूको स्तब्ध भएको जनाएको हो ।
अमेरिकाले पहिले चिनीयाँ ह्याकरहरूले आफ्ना केही वेवसाइटहरू ह्याक गर्ने गरेको बताउँदै आएको थियो तर पछिल्लो पटक भने पेन्टागनले सोझै चीनीयाँ सेनामाथी आरोप लगाएको छ । चीनले उक्त आरोपलाई मिथ्या र भ्रमपूर्ण भएको भन्दै अमेरिकाको यसप्रकारको आरोपले दुई देशबीचको सम्बन्धमा समेत असर पर्ने बताएको छ ।
अमेरिकाले यसअघिका ह्याकहरूलाई चिनीयाँ ह्याकरको नाम दिएपनि चीनीयाँ सुरक्षा कर्मीले गरेको भनेर भन्न सकेको थिएन । तर, पछील्लो पटकज पेन्टागनले निकालेको ८० पेज लामो रिपोर्टमा चीनीयाँ सेनाले नै आफ्ना साइटहरू ह्याक गर्ने गरेको आरोप लगाएको छ ।
यसरी एक्कासी आफ्नो सेनामाथी अमेरिकी साइट ह्याक गरेको आरोप लगाइएपछी चीनले कडा प्रतिवाद गरको हो । उसले यस्तो घटना हुनै नसक्ने भन्दै यसलाई गलत नियतले प्रशारण गरिएको चीनीयाँ सरकारले जनाएको छ । चीनले यस्ता वाहियात, मिथ्या आरोप आफूहरूलाई नलगाउन कडा चेतावनी दिएको छ । पेन्टागनको रिपोर्टको जवाफ चीनले मुखले नै दिएको छ ।
उनीहरूले रिपोर्टमा जे ल्याए त्यो सही या गलत त्यो भने पछी नै छूट्टिएला तर, यो घटनाले चीन र अमेरिकाको सम्बन्ध समेत केही समस्या ल्याउने देखीएको छ । चीन र अमेरिकाबीच चलेको वाकयुद्धले दुवै देशलाई फाइदा नगर्ने भएनि दुवै देश एक-अर्काको अस्तित्व स्विकार गर्न नसक्ने भएका कारण यसले थप समस्या निम्त्याउन सक्ने सम्भावना देखिएको छ ।
 
 
 
 
No comments :
Post a Comment