Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सिरियामा इजरायको हमला जारी, ४२ को मृत्यु कैयौ घाइते

Wednesday, 8 May 2013

सिरियामा इजरायको हमला जारी, ४२ को मृत्यु कैयौ घाइते


इरानमा निर्माण भएका हतियार सिरिया हुदै लेबनान भित्र्याउन लागेको भन्दै इजरायलले सिरियामाथि हवाई आक्रमण गरेको छ । राजधानी दमासकस नजिकै तीनवटा सैनिक केन्द्रमा इजरायलले गरेको हवाइ आक्रमणमा ४२ जना सैनिकको मृत्यु भएको छ । अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले उक्त आक्रमणमा ४२ सैनिकको मृत्यु भएको छ भने १०० जना भन्दा बढी घाइते भएको बताएका छन् ।
सिरियाले इजरायली युद्धक विमानले दमासकस नजिकैको तीन सैनिक केन्द्रमा आक्रमण गरेका सञ्चारमाध्यहरूले जनाएका छन् । सिरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्र सङ्घलाई एक पत्र लेखी इजरायली आक्रमणका कारण व्यक्तिहरूको मृत्यु भएको वा उनीहरू घाइते भएको तथा गम्भीर रूपमा क्षति पुगेको बताइएको छ ।
स्थानीय वासिन्दाहरूले उक्त आक्रमणबाट ठूलै कम्पन भएको बताएका छन् ।

No comments :

Get Widget