Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : राष्टपतिको षडयन्त्र चिर्न प्रचण्डको भ्रमण अचानक रद्द

Tuesday, 7 May 2013

राष्टपतिको षडयन्त्र चिर्न प्रचण्डको भ्रमण अचानक रद्द


२४ वैशाख,काठमाडौ। कार्यकर्ता प्रशिक्षको लागि पोखरा जान ठिक्क परेका एकीकृत माओवादी पुष्पकमल दाहाल प्रचण्डले आजन पोखरा जानको कार्यक्रम अन्तिम समयमा आएर रद्द गरेका छन । लोकमानसिंह कार्कीको नियुक्ति विरुद्ध राष्टपतिलाइ प्रयोग गर्ने षडयन्त्र भएपछि प्रचण्डले अचानक कार्यक्र रद्द गरेका हुन ।
आफ्नो पार्टीको समर्थनमा अख्तियारमा सिफारिश गरिएका कार्कीको विरुद्धमा नागरिक समाजको पर्दामा चलखेल सुरु भएपछि प्रचण्डले पोखरा भ्रमण रद्द गरेको उनका निकटवर्तिले जानकारी दिए । माओवादीका कास्की इन्चार्ज झलपकाणी तिवारीले कार्यव्यस्तताका कारण प्रचण्ड खाउन नसकेको जानकारी दिए ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रम रद्द गरेर राजधानी बस्नुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डसंगै उपाध्यक्ष डा वाबुराम भट्टराइपनि पोखरा जानको कर्यक्रम रद्द गरेका छन । ‘शीतल निवासवाट आर्को कटवाल काण्ड दोहोरिने खतार भयो, माओवादी स्रोतले भन्यो–शीतल निवासको प्रतिगमन रोक्न सीएमले भ्रमण रद्द गर्नुभयो ।
प्रचण्डका सहयोगिका अनुसार प्रचण्ड दिउसो मल्ल के सुन्दरको पहिचानको मुद्दा शीर्षकको पुस्तक विमोचन कार्यक्रममा सहभागि हुनेछन ।

No comments :

Get Widget