
२४ वैशाख,काठमाडौ। झण्डै १२ बर्ष अगाडि अन्नपूर्ण पोष्ट विरुद्ध यसैगरी नेपालका मिडिया एकतर्फी खनिएका थिए, १२ बर्षपछि कान्तिपूर बिरुद्ध अहिले खनिएका छन । मिडियामा विदेशी लगानीको नाममा त्यतिवेला कान्तिपूरको नेतृत्वमा अन्नपूर्ण पोष्ट बिरुद्ध हमला भएको थियो ।
भारतीय लगानीको आप्का समूहले प्रकाशन गरेको अंग्रेजी दैनिक हिमालय टाइम्सले गौतम बुद्ध भारतमा जन्मेका हुन भन्ने आसयको समाचार लेखेको भनेर आप्का विरुद्ध अरु पत्रिका खनिएका थिए । त्यतिवेला ढाल बनाइएको थियो, हिमालय टाइम्सका प्रकाशक उज्वल शर्मालाइ । आन्दोलनको अगुवा थिए समाचार पत्रकार पुस्करलाल श्रेष्ठ र स्पेसटाइमका जमिम शाह ।
ठ्याक्कै १२ बर्षपछि खोले फर्कीएको छ, अन्नपूर्ण पोष्ट नेतृत्वमा कान्तिपूर बिरुद्ध मिडिया खनिदै छन, लोकमानसिंह प्रकरणलाइ आवरण बनाएर । लोकमानसिंह प्रकरण यस्तो भइसक्यो कि मिडियाले उनको पक्ष विपक्षमा भन्दा मिडिया एक आर्को विरुद्ध बिष बमन गर्दैछन । कान्तिपूरका मालिक कैलाश शिरोहिया र अन्नपूर्णका नयाँ मालिक रामेश्वर थापाको दुश्मनी पत्रिकामा छरपष्ट भएको छ ।
कान्तिपूर इतरका पत्रिकाले अन्नपूर्ण पोष्टजस्तै नाङ्गो आक्रमणमा नउत्रिएपनि कान्तिपूर बिरुद्ध खुच्चिङ गरेका छन । यसको एउटै कारण हो, नेपाली विज्ञापन बजारमा कान्तिपूरको एकाधिकार । लोकमान प्रकरणमा कान्तिपूरलाइ असफल बनाउन सकिए आफ्नो कद बढ्ने अन्य पत्रिकाको आकलन छ । साप्ताहिक पत्रिकापनि कान्तिपूर बिरुद्ध हात धोएर लागेका छन ।
कान्तिपूर बाहेक अरु पत्रिकाले लोकमानको विपक्षमा खुलेर लेखेका छैनन भने, अन्नपूर्ण बाहेकले खासै समर्थन गरेका छैनन । मंगलवारपनि कान्तिपूरले ब्रयानर न्युज, विशेष सम्पादकीय, लेख पाठक पत्र लगायत लोकमानको विपक्षमा १५ आइटम पस्किएको छ ।
अन्नपूर्ण पोष्टले पनि १३ वटा आइटम दिएको छ, लोकमान ठीक भनेर । अस्तिजस्तै आजपनि अन्नपूर्णले बेनामे समाचार टिप्पणी छापेको छ, कैलाश सिरोहिया र कनक दीक्षितलाइ समेत लाल्छना लगाएर । कान्तिपुर- अन्न्पूर्ण पोष्ट भीडेको हेररे रमिते बनेका नागरिक पत्रिकाका मालिक विनोदराज ज्ञवाली भने मख्ख छन । प्रचण्डको गुणगान गाउने नागरिक पत्रिकाले लोकमानको बिषयमा मौन बसेको छ ।
कान्तिपूर झुक्ला कि भिडला ?
बेला बखतमा लिने अडानका कारण कान्तिपूरले जनतामा छाप छाड्न सफल भएको हो । जनआन्दोलनको समयमा शाही मन्त्रीपरिषदका उपाध्यक्ष तुल्सी गिरिले कान्तिपूरलाइ आठौ दलको आरोप लगाउथे । सडकमा पनि प्रहरीले कान्तिपूरका पत्रकारलाइ छानि छानि कुट्थ्यो, त्यही कुरालाइ भजाएर कान्तिपूर आजसम्म टिकिराखेको छ ।
लोकमानसिंह प्रकरणमा पनि कान्तिपूर झुक्ने देखिदैन, मंगलवारको विशेष सम्पादकीयले त्यही कुराको संकेत गर्छ । कैलाश शियोहियाले आफ्ना कर्मचारीलाइ लोकमान बिरुद्ध जेहाद छेडन दवाव पूर्ण निर्देशन दिएका छन । संगै उनले कान्तिपूरको भविश्यमाथी आशंका नगर्न आग्रहगर्दै भनेका छन, चौतर्फी नाकाबन्दी भयो भनेपनि अरु दश बर्ष पत्रिका निकाल्ने छु, तपाइहरु ढुक्क हुनुस ।
 
 
 
 
No comments :
Post a Comment