Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बाबुले बेचे ४ लाखमा १५ वर्षीय छोरी

Tuesday, 7 May 2013

बाबुले बेचे ४ लाखमा १५ वर्षीय छोरी


२४ बैशाख, एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली बलात्कारीहरुको शहरको रूपमा चिनिन थालेको बेला एक बाबुले आफ्नै १५ वर्षीय छोरीलाई बेचेका छन् । 
रिक्सा चलाउँदै आएका ती व्यक्तिले आफ्नी छोरीलाई करिब ४ लाखमा बेचेका थिए । गत जनवरी २० मा खजुरीमा बस्दै आएका ती व्यक्तिले आफ्नी १५ वर्षीय छोरीलाई द्धार्कामा लगेर एक व्यक्तिलाई ४ लाखमा आफ्नी छोरी बेचेका थिए । छोरीले आफूलाई बेचेको कुरा थाहा पाउँदा नपाउँदै उनलाई किन्ने ती व्यक्तिले उनलाई नोयडा पुर्याएका थिए । तर, पछी ती किशोरी भाग्न सफल भइन र घर आइपुगिन् । 
घर आइपुगेकी छोरीलाई बाबुले फेरी बेच्ने प्रयत्न गरेपछी उनकी आमा र उनी प्रहरी कार्यालय पुगेर आफूलाई बेच्न खोजिएको भन्दै आफ्नै बाबुविरूद्ध मुद्धा दर्ता गराएकी छिन् । उनलाई फर्केपछि गाउँलेहरुले प्रहरीमा मुद्धा नहाल्न दवाव दिएका थिए । आफ्नै बेइजत हुने भन्दै उनलाई मुद्धा हाल्न रोकिएपनि फेरी आफूलाई बेच्ने सुर गरेपछी आफ्नै बाबु विरुद्ध मुद्धा हाल्न ती किशोरी बाध्य भएकी थिइन् ।

No comments :

Get Widget