२४ वैशाख, सर्लाही । आफ्नी सासूलाई सोधपूछ गरेको आरोपमा सर्लाहीका प्रहरी नायब उपरिक्षक अर्थात् डिएसपी उमाशंकर पञ्जियारले एक प्रहरी जवानलाई निर्घात कुटपिट गरेको थाहा भएको छ ।
सदरमुकाम मलंगवास्थित क्वाटरमा परिवार सहित बस्दै आएका डिएसपी पञ्जियारले आफ्नै क्वाटरमा कार्यरत् प्रहरी जवान गणेश यादवलाई गएराती मरणासन्न हुने गरी कुटपिट गर्नु भएको घटना आज सार्वजनिक भएको हो ।
हिजो साँझ क्वाटरमा आएकी डिएसपी पञ्जियारकी सासूलाई प्रहरी जवान यादवले नौलो मान्छे लागेर सोधपूछ गरेका थिए । त्यसपछि डिएसपी पञ्जियारले आफ्नी सासूको अपमान भएको भन्दै प्रहरी जवान यादवलाई कोठा भित्र लगेर आफू र केही प्रहरी जवान समेतको सहयोगमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन ।
मोबाईल समेत खोसेर रातभरी हिरासतमा राखिएको बताइएको छ
बाराको कचोर्वा वडा नम्बर १ घर भएका ३० वर्षिय प्रहरी जवान यादवको कुटपिटबाट टाउको लगायत शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको पीडित परिवारले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले पनि घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
No comments :
Post a Comment