Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कार्यकर्तालाई धोका दिँदै रेखा बोकेर प्रचण्ड बिहे भोजमा

Tuesday, 7 May 2013

कार्यकर्तालाई धोका दिँदै रेखा बोकेर प्रचण्ड बिहे भोजमा


२४ वैशाख,काठमाडौ। कार्यकर्ता प्रशिक्षणमा पोखरा जाने पुर्व निर्धारित कार्यक्रम प्रचण्डको एकाएक रोकियो। कार्य व्यस्तताको जनाउ दिँदे उनले पोखरा जाने कार्यक्रम रद्द गरेका थिए। 
आन्तरिक व्यबस्थता देखाउदै पश्चिमाञ्चल क्षेत्रका कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकर्ताको विबाह भोजमा सहभागि हुन बुटबल पुगेका छन ।
माओवादी कार्यकर्ता एवं बाबुराम भट्टराइका धर्मपुत्र विश्वदीप पाण्डेको विबाहमा सहभागि हुन प्रचण्ड भट्टराइसंगै बुटवल पुगेका हुन । पाण्डेले प्रचण्डलाई अंकल भनेर संवोधन गर्छन । 
विबाह समारोहमा नायिका रेखा थापापनि पुगेकी छन ।
बुटबल पुगेको मौकामा प्रचण्डले कार्यकर्ता भेटने कार्यक्रम रहेको उनका सहयोगीले जानकारी दिए ।
यता नागरिक अभियानले भने प्रचण्डको पार्टीको एमाओवादीक पेरिसडाँडामा घेराउ गरेको छ। 

No comments :

Get Widget