५ जेठ, काठमाडौ । चुनावमा मोर्चाबन्दी गरेर जाने बिषयमा छलफल गर्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक आज बस्ने भएको छ । पछिल्लो समय निश्कृय जस्तै रहेको मोर्चाको बैठक चुनावी रणनीति बनाउन बस्न लागेको हो ।
नयाँ बानेश्वर स्थित गठबन्धनको कार्यालयमा बस्ने बैठकमा संविधानसभा चुनावमा साझा घोषणा पत्र बनाएर जाने बिषयमा कुराकानी हुने गठबन्धनका प्रवक्ता एवं समाजवादी जनतादलका अध्यक्ष पे्रमबहादुर सिंहले जानकारी दिए । बैठकमा निर्वाचन कानुनमा मिल्न बाकी बिषयमा समेत छलफल हुनेछ ।
आगामी संविधानसभामा पहिचान सहितको संघीयता पक्षधरको दुइतिहाइ ल्याउने गरी गठबन्धन निर्माण गर्न लागिएको मोर्चामा आबद्ध साना दलका एक नेताले जानकारी दिए । मोर्चामा वाबुराम भट्टराई सरकारलाई समर्थन गरेका दल सहभागि छन् ।
 
 
 
 
No comments :
Post a Comment