Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आफ्नै श्रीमतिको गोलि हानी हत्या

Sunday, 19 May 2013

आफ्नै श्रीमतिको गोलि हानी हत्या



लहान, जेष्ठ ५ - सिरहाको दक्षिणी गाढा गाविस–९ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । वडा प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेका अनुसार करिब ३५ वर्षीय श्यामसुन्दर महतोले कञ्चटमा गोली हानेर ३२ वर्षीया श्रीमती बवितादेवी महतोलाई हत्या गरी फरार भएका छन् ।

आज बिहान घटनास्थलबाट शव लिएर फर्किनु भएका प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले राति १२ बजेतिर घरमा श्रीमतीको हत्या गरेपछि सोही गाविसको वडा नं– ३ मा रहेका साढुभाइ नन्दीलाल महतोको घरमा छोराछोरीलाई छोडी गाउँदेखि पूर्वतिर रहेको बलान नदीतिर भागेको गाउँलेलाई उद्धृत गर्दै बताउनुभयो ।

‘मैले श्रीमतीको हत्या गरेँ, छोराछोरीलाई हेरिदिनु’ भन्दै छोराछोरीलाई साढुभाइको घरमा छोडेर फरार भएका श्यामसुन्दरको खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले उल्लेख गरे ।

घटनाको सूचना पाएलगत्तै घटनास्थल पुग्दा सात दशमलव ६ एमएमको पेस्तोलको गोलीको खोका र खाली म्यागेजिन भेटिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।

प्रहरीले महतोको घरमा खानतलासी गर्दा प्लास्टिकको बोरामा बाँधेर राखेको अवस्थामा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसमेत बरामद गरेको छ ।

प्रहरीले मृतक महतोको माइती सीमावर्ती भारतीय गाउँमा भएको सूचना पाएपनि यकिन नभएपछि सुनसरीको कोसी टप्पु क्षेत्रमा बस्दै आएका सासुससुरा र जेठाजुलाई घटना लगत्तै बोलाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । रासस

No comments :

Get Widget