Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : युएईमा मगरले गरे राईको हत्या

Sunday, 19 May 2013

युएईमा मगरले गरे राईको हत्या



५ जेठ,युएई । युएइको अल्कोजमा सामान्य विवादकामा मोरङ बेलबारीका एक नेपालीको छुरा प्रहर गरि हत्या गरिएको छ । उनको यही मे १७ मा हत्या गरिएको हो। उनलाई नेपालीले नै हत्या गरेका हुन्।

मोरङ बेलबारी घर भएका २५ बर्षिय सुरज राइलाई पाल्पाका चुरा बहादुर मगरले छुरा प्रहार गरि हत्या गरेको त्यहि कम्पनीमा कार्यरत ओमनाथ प्याकुरेलले जानकारी दिएका हुन्।

दिउसो संगै तास खेलेका राइ र मगर साझमा लागुपदार्थ सेवन गरि तासको लेनदेनको विषयमा विवाद हुदा राइले छुरा हानि हत्या गरेका हुन ।

घटना युएइको अल्कुज़मा रहेको डुल्सको कम्पनीको लेबर क्याममा भएको हो । अल्कोज,सोनापुर ,लगाएत लेबर क्याम रहेको क्षेत्रमा कमसल लागुपदार्थ बिक्रि वितरण हुने गरेको छ।

No comments :

Get Widget