
७ जेठ, काठमाडौ । नायिका निशा अधिकारीले सगरमाथाको चुचुरोमा पाइला टेकेकी छिन् । १२ जनाको टोलीसँगै निशाले आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुगेकी हुन् । 
उनी चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी थिइन् । नायीका निशा आरोहीको सहयोगीको रूपमा सगरमाथा चुचुरोमा चढेका कारण उनी सगरमाथा चढ्ने पहिलो कलाकारको रेकर्ड भने राख्न असफल भइन् । उनी भोली काठमाडौं आइपुग्ने बताइएको छ ।
यसअघी हिजो मात्र नायक अर्जुन कार्कीले पनि सगरमाथा चढेका थिए । उनी पनि सहयोगीका रूपमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।
 
 
 
 
No comments :
Post a Comment