Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : उत्तर कोरियाद्धारा पाचौँ पटक क्षेप्यात्र प्रहार, रिसाए अमेरिका र दक्षिण कोरिया

Tuesday, 21 May 2013

उत्तर कोरियाद्धारा पाचौँ पटक क्षेप्यात्र प्रहार, रिसाए अमेरिका र दक्षिण कोरिया

७ जेठ, एजेन्सी । उत्तर कोरियाले सी अफ जापानमा आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, अमेरिका, जापान तथा संयुक्त राष्ट्र संले समेत चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियली द्धिपमा तनावको स्थिति केहि साम्य हुँदै गएको बेला उत्तर कोरियाले केही दिनदेखी गर्न थालेको नियमित क्षेप्यास्त्र परिक्षणले सबैको ध्यान तानेको छ भने दक्षिण कोरिया, जापान र अमेरिका सबै तनावमा रहेका छन् । उत्तर कोरियाको यो गतिविधी सहजै रोकिने छाँटकाँट नदेखेपछी झन् तनावमा परेका हुन् । यता चीनको एक माझी चढेको जहाज समेत कब्जामा लिएर उत्तर कोरियाले चीनलाई समेत तनावमा पारेको छ । आफूलाई सघाइरहेको चीनलाई देखिएरै सहयोग गर्ने दवाव स्वरूप गरिएको भनिएको उक्त जहाज कब्जाले चीन तथा उत्तर कोरियाको सम्बन्धले नयाँ मोड लिन सक्ने समेत सम्भावना देखिएपछि झन् दक्षिण कोरिया र अमेरिका विषेशगरी तनावमा देखिएका छन् ।

No comments :

Get Widget