Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : साउदीमा श्रीमान मरेको दुइ वर्षपछि १ लाख क्षतिपुर्ती

Tuesday, 21 May 2013

साउदीमा श्रीमान मरेको दुइ वर्षपछि १ लाख क्षतिपुर्ती


७ जेठ,काठमाडौ। साउदीमा श्रीमानको मृत्यु भएको दुई वर्ष पछि पनि सर्लाही अत्रौलीकी एक महिलाले वैदेशिक रोजगार विभागबाट 
क्षतिपूर्ति पाएकी छिन् । अत्रौली– ३ की मिना घिसिङले १ लाख १२ हजार ५ सय रुपैया क्षतिपूर्ति पाएकी हुन् ।
रोजगारीका लागि साउदीमा गएका उनका श्रीमान कुल बहादुर घिसिङको दुई वर्ष अगाडी मृत्यु भएको थियो । मृत्यु भएको ६ महिना 
भित्रमा उजुरी गर्नुपर्ने भएपनि हाल आएर उजुरी गरेपछि वैदेशिक रोजगार विभागले दिने क्षतिपूर्ति रकम १ लाख ५० हजारबाट २५ प्रतिशत 
कट्टा गरी १ लाख १२ हजार मात्र दिएको हो ।
सम्झौता अवधी भित्रै मृत्यु भएको, आवश्यक प्रक्रिया पुरा गरेर विदेश गएको, कागजपत्र सुरक्षित राखेकोले ढिलै भएपनि क्षतिपूर्ति पाएकी 
हुन्।

No comments :

Get Widget