ओखलढुंगा, जेष्ठ ७
ओखलढुंगाको पश्चिमी गाविस रानीवन–३ मा आज अपरान्ह हेलिकप्टर दुर्घटना भएको छ । रानीवन गाविसको पोखरी भञ्ज्याङमा अपरान्ह ५ बजे हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर रुखमा ठोक्किएर खसेको स्थानीय वासिन्दालाई जानकारी दिंदै ओखलढुंगाबाट सशस्त्र प्रहरीका निरीक्षक सुरेन्द्र श्रेष्ठले हामीलाई जानकारी दिए ।
हेलिकप्टर रुखमा ठोक्किएर खसेपछि आगो लागेको जानकारी पनि स्थानीयले दिएको पनि प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
ओखलढुंगा सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने घटनास्थलतर्फ उद्धारका लागि प्रहरी टोली गएको जनाइएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा कति सवार थिए र उक्त हेलिकप्टर कसको हो भन्ने खुल्न सकेको छैन ।
No comments :
Post a Comment