Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : फेसबुकबाटै मान्छे थर्काए प्रचण्डपुत्र प्रकाशले

Tuesday, 21 May 2013

फेसबुकबाटै मान्छे थर्काए प्रचण्डपुत्र प्रकाशले


७ जेठ, काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहेका प्रचण्ड पुत्र प्रकाशले फेसबुकमा जथाभावी कमेन्ट नगर्न थर्काएका छन् । उनले फेसबुकमा गरिने प्रसंग बाहिरका कमेन्टलाई ब्लक गर्ने वा यस्ता कमेन्ट गर्नेले आफै अनफ्रेण्ड गर्न चेतावनीको शैलीमा आग्रह गरेका छन् । 
फेसबुकमा निकै सक्रिय रहने उनलाई उनका साथी बनेका केही व्यक्तिहरूले नराम्रा खालका कमेन्ट गरेर हैरान बनाएपछि उनी ती कमेन्ट गर्नेहरू प्रति आक्रोशित भएका हुन् । उनले यस्ता केही साथीहरूलाई फेसबुक फ्रेन्डबाट समेत ब्लक गरेको बताइएको छ भने केहीलाई भने मेसेज गरेर यस्तो नगर्न चेतावनी समेत दिने गरेका छन् । 
उनको आक्रोश पनि आफ्नो ठाऊँमा सही नै छ ।
अनावश्यक रूपमा कसैको व्यक्तिगत जीवनलाई असर गर्ने र आत्मसम्मानमा धक्का पुग्ने खालका कमेन्ट कसैले पनि गर्न नहुने हो, तर यस मर्यादालाई अरूले बुझ्न नसकेकाले हुन सक्छ प्रचण्ड पुत्र प्रकाशले सिकाउन खोजेका हुन् । 
निकै सक्रिय भइएरहँदा उनका स्टाटसमा आउने जथाभावी कमेन्टका कारण उनी बेला-बेलामा निकै तनावमा समेत रहन बाध्य हुन्छन् । त्यसैले पनि उनले यस्तो नगर्न आग्रह गरेका हुन् । 
केही समयअघिसम्म आफै उट्पट्याङ् गरेर चर्चा रहने प्रकाश अहिले भने निकै शान्त देखिन थालेका छन् । निकै आक्रोशमा आइहाल्ने छवी बनाएका उनले अहिले भने बानी सुधारेको देखिएको छ ।

No comments :

Get Widget