७ जेठ, पाँचथर । बलात्कार अभियोगमा प्रहरीमा हिरासतमा रहेका एक प्रहरी सहायक निरिक्षक सहित दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालतको आदेश अनुसार प्रसनी कमल राई र दोखु ७ का अम्बर गुरूङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको श्रेष्तेदार ऋद्धिनाथ निरौलाले बताएका छन् ।
गत बैशाख १४ गते छोरा अम्बरले आफ्नी आमालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परे पछि सुकेटार विमानस्थल सुरक्षा चेकपोष्टले अम्बर सहित दोखु ७ की एक महिलालाई पक्राउ गरेको थियो ।
पक्राउ महिलालाई प्रहरी ईञ्चार्ज समेत रहेका राईले जवरजस्ती करणी गरेको अभियोग लागे पछि उनलाई प्रहरीले पक्राउ गरे पछि कानुनी कारवाही अघि बढाएको बताइएको छ ।
 
 
 
 
No comments :
Post a Comment