Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अब आयो बजारमा ४८ दिन चल्ने ब्याट्री राखेर नोकिया आशा ५०१

Friday, 10 May 2013

अब आयो बजारमा ४८ दिन चल्ने ब्याट्री राखेर नोकिया आशा ५०१



४८ दिन चल्ने ब्याट्री राखेर नोकिया आशा ५०१ बजारमा
एप्पल अनि सामसुङले आफ्नो मोबाइल बजार लिएपछि कमजोर बन्दै गएको नोकियाले बजारमा नया मोबाइल आशा ५०१ उतारेको छ |
सस्ता एन्ड्रोइड मोबाइल सेट संग प्रतिष्पर्धा गर्ने भन्दै नया स्मार्ट फोन आशा ५०१ बजारमा उतारेको हो |
आशा ५०१ को डिजाइन नोकियाको महँगो फोन लुमिया संग मिल्छ भने केहि फिचर पनि लुमियाको जस्तै छ |
स्मार्ट फोन भने पनि यसमा अपरेटिंग सिस्टम भने एन्ड्रोइड राखिएको छैन | यसमा नोकियाले तयार पारेको आशा प्लेटफर्म राखिएको छ |
बिशेषता
४८ दिन सम्म टिक्ने ब्याट्री, एक पटक पुरा चार्ज गरेपछि १७ घण्टा भन्दा बढी समय कुरा गर्न मिल्ने
नोकिया आशा प्लेटफर्म अपरेटिंग सिस्टम
३ इन्च स्क्रिन
४ जीबी इन्टरनल मेमोरी, ३२ जीबि सम्म सपोर्ट गर्ने
३.२ मेगा पिक्सल क्यामरा
२ जी, वाई-फाई, ब्लु टुथ ३.० सपोर्ट
अपडेटेड एक्प्रेस ब्राउजर – ९० प्रतिशत भन्दा बढी डाटा कम्प्रेस गर्न क्षमता,
हलुका -तौल ९८ ग्राम मात्र
सोसल नेटवोर्किंग एप्स
यसमा ३जी भने छैन | यो मोबाइल ब्राइट रेड, ब्राइट ग्रीन, ह्वाइट र ब्ल्याक रंगमा बजारमा उपलब्ध हुनेछ |
नोकियाले ९९ डलर राखेको यसको मूल्य नेपालमा भने ८ हजारको हाराहारीमा हुने अनुमान छ | यो फोन नेपालमा छिट्टै नै उपलब्ध हुने बताइएको छ |

No comments :

Get Widget