Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ब्याटिङ नजमेपछी नेपाल फाइनल पुग्न सकेन

Friday, 10 May 2013

ब्याटिङ नजमेपछी नेपाल फाइनल पुग्न सकेन


२७ बैशाख, काठमाडौ । मलेसियामा जारी एसीसी यु-१९ क्रिकेटको सेमिफाइनलमा नेपाल युएईसँग ७६ रनले पराजित भएको छ । 
आज भएको खेलमा नेपाली ब्याटिङ तथा बलिङ दुवैमा कमजोर भएपछी नेपालले खेल गुमाएको हो । नेपालले पाएको २ सय ७२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ४६ ओभर २ बलमा आफ्ना सबै विकेट गुमाउनु अघि मात्र १ सय ९५ रन जोड्न सफल रह्यो । नेपाली ब्याट्स्म्यान हरिशंकर शाहले ५२ रन र कप्तान भुवन कार्कीले ४१ रन जोडेपनि अन्य ब्याट्स्म्यानले क्रिजमा रहेर राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका लागी शाह र कार्कीले केही रन जोडेपनि अन्य ब्याट्स्म्यान सस्तैमा पेभेलियन फर्केपछि नेपालको हार निश्चित भएको थियो । 
सुरूवातका केही खेलहरूमा निकै राम्रो प्रदर्शन गरेका अमित श्रेष्ठले आज सबैलाई निराश पारे उनी मात्र १२ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्के । सुरूवाती खेलमा प्रदर्शन गरेको खेललाई आधार मानेर उनलाई निकै राम्रो खेलाडि भएको समेत प्रशंसा गरिँदा उनी सेमिफाइनलमा भने जम्न सफल रहेनन् । उनलाई केही केहीले त नेपाली क्रिस गेलको संज्ञा समेत दिएका थिए । तर, उनले नेपालीले अपेक्षा गरेअनुरूपको खेल प्रदर्शन गर्न सकेनन् । 
यसअघि नेपाललाई जीतका लागी युएईले २ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २ सय ७१ रन जोड्न सफल भएको हो । 
युएईका मध्यक्रमका ब्याट्स्म्यान सोर्य चोपडाले शानदार शतकीय पारी खेलेपछी युएईले उक्त स्कोर बनाउन सफल भएको हो । चोपडाले मात्र १ सय १५ बल खेल्दै १७ चौका र १ छक्का प्रहार गर्दै १ सय १४ रन जोडेका छन् । यस्तै, डिसुजाले ५८ रन, साजिद खानले २६ रन र अदनान खानले २० रन जोडेका थिए । 
नेपालका लागि अविनाश कर्णले ३ विकेट लिएका छन् । यस्तै, भुवन कार्की, शुसान्त भारी, यज्ञमान कुमाल, निश्चल पाण्डेले समान १-१ विकेट लिएका छन् ।

No comments :

Get Widget