७ बैशाख, काठमाडौ । एक हप्ताभित्र निर्वाचनको मिति लगायत निर्वाचन सम्बन्धी सम्पूर्ण काम गर्छु भन्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दलहरूलाई घर फर्काएका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाइएको छलफलमा रेग्मीले आफूले अबको एक हप्ताभित्र निर्वाचनको मिति तय गर्ने भन्दै दलहरूलाई फर्काएका हुन् । उनले विघटित संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाएर एक हप्ताको समय माग्दै खाली हात पठाएका हुन् ।

यता, विघठित संविधानसभामा प्रतिनिनित्व गरेका ठूला दलले मंसीरको निर्वाचन सुनिश्चित गर्नका लागि निर्वाचन कानूनमा लचकता अपनाउन सकिने बताएका छन् । प्रमुख दलले अविलम्ब निर्वाचन मिति घोषणा गर्न सरकारलाइ जोड दिएका छन् । नेकपा-माओवादी लगायतका केही दलले निर्वाचन रोक्ने धम्की दिदैमा निर्वाचन रोक्न नहुनेमा अधिकाशं दलले जोड दिएका छन् ।
निर्वाचन कानूनको बिषयमा सरकारले आहृवान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका नेतारूले निर्वाचन हुने सर्तमा समानुपातिक निर्वाचन तर्फ एक प्रतिशतको सिमा राख्न सकिने बताएका हुन् । बैठकपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसीर पहिलो साताभीत्र संविधानसभा निर्वाचन सम्पन्न गर्न अबिलम्व निर्वाचन मिति घोषणा गर्न सुझाव दिइएको बताए । उनले निर्वाचन ऐनमा लचिलो भएर भए पनि चुनावको वातावरण बनाउनुपर्नेमा सबै दलहरु सहमत भएको बताएका छन् ।
निर्वाचन हुने सर्तमा जस्तो सुकै लचकता अपनाउन सकिने भन्दै अध्यक्ष दाहालले मोहन वैद्यको नेकपा-माओवादीप्रति लक्षित गर्दै यदी त्यति हुँदा हुँदैपनि कोही दल निर्वाचनमा सहभागि नभए निर्वाचन भने रोक्न नहुने धारणा राखे । 
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले समानुपातिक प्रणालीतर्फ एक प्रतिसत थ्रेसहोल्ड राख्नु पर्ने आफूहरूको माग कायम रहेको उल्लेख गरेका छन् । पौडेलले निर्वाचनको वातावरण बनिसकेपछि मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्नेभन्दै आन्दोलनरत ३३ दललाई पनि चुनावमा सहभागी गराउनुपर्ने धारणा राखेका छन् ।

सर्वदलीय बैठकमा सहभागी साना दलहरुले एक प्रतिशत थ्रेसहोल्डको प्रावधान हटाउनुपर्ने संविधानसभा सदस्य सङ्ख्या हटाउन नहुने धारणा राखेका थिए ।
 
No comments :
Post a Comment