Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सरकार त्यो 'चीज' हामीसँग छ

Thursday, 9 May 2013

सरकार त्यो 'चीज' हामीसँग छ


२६ बैशाख, काठमाडौ । भारतको टाटा कम्पनीले नेपालमा रहेको सिप्रदीलाई पठाउने गरेको सामानहरूमा नेपाललाई भारतको प्रान्त भनेर स्टिकरमा लेखी पठाउने गरेको समाचार केही समयअघि नेपालीहेडलाइन्सले प्रकाशित गरेको थियो । त्यसको विषयमा नेपालीहेडलाइन्सबाट जानकारी पाएपछी सर्वत्र चर्चा तथा आलोचना हुन थालेपछी नेपाल सरकारको वाणिज्य विभागले उक्त स्टिकर माग गरेको थाहा हुन आएको छ । 
सरकारले माग गरेको स्टिकरका विषयमा नेपालीहेडलाइन्सको पनि ध्यानाकर्षण भएको छ । निकै लामो समयपछी ढिलो गरी सरकार तात्नुलाई भने हामीले सकारात्मक रूपमा लिएका छौ । सधै जनताको पक्षमा राष्ट्रिय हित सरोपर हुने गरी लोकतन्त्र र राष्ट्रियताको पक्षमा समाचार प्रकाशित गर्दै आएको नेपालीहेडलाइन्सको उक्त प्रयासलाई पाठकहरूले पनि सह्राना गरेका थिए भने स्वयम् टाटा कम्पनीको मुख्यालयले नेपालीहेडलाइन्स सहित सरोकारवालासँग माफी मागेको थियो । 
सरकारले माग गरेको उक्त स्टिकर नेपालीहेडलाइन्ससँग सुरक्षित रहेको छ । सरकारले मागेमा हामी उपलब्ध गराउन हामी तयार छौ ।
tata claim nepal is part of india

No comments :

Get Widget