Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ११ वर्षीया बालिकालाई बलात्कार गरेर फोरम लोकतान्त्रिकका नेता फरार

Friday, 17 May 2013

११ वर्षीया बालिकालाई बलात्कार गरेर फोरम लोकतान्त्रिकका नेता फरार


३ जेठ, मोरङ । ११ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेपछि मधेसी जनअधिकार फोरम नेपालका एक स्थानीय नेता पक्राउ पर्ने डरले फरार भएका छन् ।
फोरम लोकतान्त्रिक पार्टीका रङ्गेली गाउँ कमिटी अध्यक्ष रहेका रङ्गेली– ९ बस्ने ४० वर्षीय राजेश शाहले गाउँमा बिहेबाट फर्कदै गरेकी स्थानीय बालिकालाई वैशाख २८ गते राति १० बजे बलात्कार गर्न खोजेको इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी परेको छ । 
बिहीबार ढिलो गरी प्राप्त उजुरीमाथिको छानबिनमा अध्यक्ष शाहले बलात्कारको प्रयास गरेको बुझिएपछि पक्राउ गर्न जाँदा शाह फरार भएको पाइएको इप्रका रङ्गेलीका निरीक्षक माधव काफ्लेले जानकारी दिएका छ्न् । 
उनले पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको र शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको बताएका छन् । 

यसैगरी आफ्नै छोरीलाई करणी गरेर फरार रहेका अभियुक्त चेतनारायण श्रेष्ठलाई बिहीबार मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । 
मोरङ पथरी–१ बस्दै आएका श्रेष्ठ २०६४ पुसमा आफ्नै छोरीलाई करणी गरेपछि फरार भएका थिए । रासस

No comments :

Get Widget