३ जेठ,काठमाडौ। नेपाली कांग्रेस र नेकपा एमालेको चर्को विरोधपछि निश्कृय गरिएको गरिएको योङ कम्युनिष्ट लिग (वाइसिएल) एमाओवादीले पुनःब्युँताएको छ । आगामी चुनावमा आफ्नो पकड कायम गर्न माओवादीले वाईसिएलब्युँताएको हो ।
प्रचण्डको इच्छा र आदेशमा वाइसिएल सक्रिय हुन लागेको  बताइएको छ ।
वाइसिएलले आज काठमाण्डौमा माओवादीका वरिष्ठ नेताहरुको उपस्थितीमा मोटर साइकल -याली आयोजना गरेको छ । -यालीमा माओवादी नेता बर्षमान पुन, देवेन्द्र पौडेल लगायत उपस्थित थिए ।
-यालीलाइ संवोधनगर्दै माओवादी नेता पुनले विगतमा शान्ति प्रक्रिर्या पूरा गर्नकालागि आइसिएल बिघटन गरेपनि बदलिएको परिवेशमा वाइसिएलको आबस्यकता महसुस गरिएको बताए । यसअघिको निर्वाचनमा माओवादीले चुनाव जित्नुमा वाइसिएलको ठूलो भूमिका रहेको थियो ।
विगतको चुनावमा परिचालन गरिएका वाइलिएरका अधिकांश कार्यकर्ता मजदुरीका लागि विदेशीएका कारण माओवादीले चुनाव हुनु ६ महिना अगावै पुनः संगठित गर्न लागेको हो । वेरोजगार युवालाइ सामान्य तालिम दिएर पुनः क्याम्पमा राख्न् सुरु गरिने वाइसिएलका एक नेताले जानकारी दिए ।
एमाओवादीले वाइसिएल ब्युँताउन लागेपछि कांग्रेस एमाले भने सशंकित बनेका छन् ।
 
 
 
 
No comments :
Post a Comment