Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : गुगलले ल्यायो मान्छेको दिमाग पढने प्रविधी

Friday, 17 May 2013

गुगलले ल्यायो मान्छेको दिमाग पढने प्रविधी


३ जेठ, एजेन्सी । गुगल विश्वमा इन्टरनेटको दुनियाँ परिचित कम्पनी, हरेक समय नयाँ नयाँ काम गरेर सबैलाई आफ्नै साथमा राख्न सफल भइरहेको कम्पनी । गुगल कम्पनीले विश्व खोज दुनियाँमा नयाँ आयाम नै ल्याइदिएको छ । हरेक कुरा गुगलमा त्यो पनि कुनै समयको पर्खाइबिना सहजै । 
गुगलमा तपाईले चाहेका हरेक सूचनाहरू सहजै पाउनुहुनेछ । तर, अहिले सूचना यति धेरै भइसके की हामीले खोजेको सूचना भन्दा दश गुणा बढी सूचना हामी पाउँछौ र त्यसलाई हामीले समेत केलाएर आवश्यक मात्रामा लिनुपर्छ । 
गुगलको यो सुविधा त हामीले प्रयोग गरिरहेकै थियौ अब गुगलले नयाँ सुविधा पनि हामीलाई दिने भएको छ । 'स्टार ट्रेक' नाम दिइएको उक्त सुविधामार्फत गुगलले हाम्रो मष्तिष्क समेत पढ्ने छ । अर्थात् हाम्रो दिमागमा के चलचिरहेको त्यो समेत विचार गरेर सोही अनुरूपको काम गुगलले गरिदिन्छ । 
स्टार ट्रेक नामको प्रविधी यस्तो प्रविधी हो जुन प्रविधीले हामीलाई हामीले चाहेको सूचना सही रूपमा दिन सक्छ । 
यदी हामीले भारतको जनसंख्याको बारेमा जानकारी लिन चाह्यौ भने त्यसले भारतको जनसंख्याको जानकारी त दिन्छ नै सँगसँगै चीन तथा अमेरिकाको जनसख्याका विषयमा पनि जानकारी दिने गर्छ जसबाट तपाईले भारतको जनसंख्याका विषयमा अरूसँग पनि दाँजेर विश्लेषण गर्न सक्नुहोस् । 
यस्तै, यदी तपाईले बाराक ओबामाका बारेमा जान्न चाहनु भयो भने बाराक ओबामासँगै नाम जोडेर आउने अन्यको समेत सूचना सहजै पाउनु हुनेछ । बाराकको नामसँग जोडिने नाम जस्तै मिचेल ओबामा, हिलारी क्लिन्टन जस्ता व्यक्तिको पनि सूचना तपाईलाई दिन्छ । 
तपाईले खोजेका विषयसँग सम्बन्धित सूचनाहरू दिएर तथा ती सूचनाहरूलाई सुरक्षित समेत गरिदिएर गुगलले तपाईलाई त्यसविषयमा थप जानकार व्यक्ति बनाउन मद्धत गर्छ ।
कसरी काम गर्छ यो प्रविधीले ?
गुगले ल्याएको नयाँ प्रविधी 'स्टार ट्रेक'ले तपाईले खोजेका सूचनाका बारेमा जानकारी हासिल गर्छ र ती सूचनाका साथमा उसले त्यस सूचनासँग सम्बन्धित सूचनाहरुलाई ग्राफमा राखेर आवश्यकता अनुसार तपाईसामू दिन सक्छ । सूचनाहरुलाई ग्राफमा राख्ने र ती सूचनाहरूलाई आवश्यकता अनुसार तपाईलाई दिने काम गर्दछ । 
यसले तपाईलाई थप जानकार बनाउनेछ । सम्बन्धित सूचनाहरू दिएर तपाईले धेरै समय लगाएर खोज्नु परेका धेरै कुराहरू एकैपटक खोजिदिएर तपाईको समय समेत बचाइदिनेछ ।

No comments :

Get Widget