Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : मंसिरमा हुने चुनावमा ज्ञानेन्द्रले जित्छन्

Friday, 17 May 2013

मंसिरमा हुने चुनावमा ज्ञानेन्द्रले जित्छन्


३ जेठ, अछाम । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले राजासहितको हिन्दु राज्यको विकल्प नभएको बताएका छन् । 
राप्रपा नेपाल अछामले आज जिल्लाको बिनायकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजासहितको हिन्दु राज्यको स्थापना भएमात्र देशको मुहार फेरिने जिकिर गरेका छन् । अध्यक्ष थापाले चार राजनीतिक शक्ति असफल भइसकेको बताउँदै दलहरूले जनतालाई झुक्याउने काम मात्र गरेको बताएका छन् । उनले जनताले अब चार शक्तिलाई पत्याउने आधार समेत समाप्त भइसकेको बताएका छन् ।
kamal thapa oneअध्यक्ष थापाले पूर्वराजाको सक्रियता बिग्रिएको अवस्थालाई केहि ट्रयाकमा ल्याएको दावी गरेका छन् । राजतन्त्रको वकालत गर्दै हिडेका थापाले अध्यक्ष थापाले मंसिर भित्र चुनाव नभए जनताको आन्दोलनबाट नयाँ राष्ट्रवादी-प्रजातन्त्रवादी शक्तिको उदय हुने बताएका छन् । उनले घूमाउरो भाषामा आगामी मंसिरमा हुने उक्त निर्वाचनमा पूर्व राजाले बहुमत ल्याउने दावी समेत गरेका छन् । सबै दलहरू असफल भएकाले जनताले अब राजतन्त्र नै रोज्ने र यसका लागी पूर्वराजालाई बहुमत दिने विश्वास अध्यक्ष थापाले बताएका छन् । 
अध्यक्ष कमल थापाले सविधानसभा निर्वाचनको विकल्प नभएको बताएका छन् । थापाले चुनाव मासिरमै हुने र आफ्नो दलले सावैधानिक राजतन्त्र, हिन्दुवाद, राष्ट्रियता, प्रजातन्त्र सहितको आर्थिक, सामाजिक परिवर्तनको एजेण्डा लिएर चुनावमा सामेल हुने बताएका छन् । संविधानसभा चार दलको अर्कमव्यताका कारण विघठन भएको बताएका छन् ।

No comments :

Get Widget