डडेलधुरा, जेष्ठ ३ -
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन धेरै खर्चिलो हुाने हुादा ९० दिन अघि मात्र मिति तोक्नुपर्ने बताएका छन् ।
'यति लामो निर्वाचन नेपालीले थेग्न सक्दैनन्', देउवाले भने, 'सकभर ६० दिन अघि नभए ९० दिन अघि मात्र निर्वाचनको मिति घोेषणा गरिनु पर्छ ।' मिति घोषणा नहुादा निर्वाचनप्रति नै आशंका बढेको संचारकर्मीको जिज्ञासामा देउवाले निर्वाचनले मात्र सबै दलको भविष्य सुरक्षित हुने भएकाले चुृनाव हुनेमा आशंका नगर्न समेत सबैलाई आग्रह गरे ।
प्रेस युनियनले डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले लोकमान प्रकरणमा अनावश्यक टिप्पणी भइरहेको धारणा राखे । 'दलहरुको सहमतिमा लोकमानको नियुक्ति भएको हो', उनले भने, 'लोकमान नियुक्तिको जिम्मेवारीबाट दलहरु पछि हट्नु बेईमानी हो ।'
 
 
 
 
No comments :
Post a Comment