Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : एसीसी यू-१९ एलिट कप-नेपाल नौ विकेटले बिजयी

Sunday, 5 May 2013

एसीसी यू-१९ एलिट कप-नेपाल नौ विकेटले बिजयी


ठमाडौ, वैशाख २२ - मलेसियामा जारी एसीसी अन्डर १९ एलिट कपमा नेपालले कतारलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको कतारलाई नेपाली बलरले ९३ रनमा समेटे । कतारले ३६ ओभर ३ बल खेल्दै नेपाललाई ९४ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि अविनाश कर्णले चार विकेट लिए । सुशान्त भारीले दुई विकेट लिए भने भुवन कार्की र निश्चल पाण्डेले एक-एक विकेट लिए ।
नेपालका प्रारम्भिक व्याट्म्यान अमित श्रेष्ठले उत्कृष्ट व्याटिङ गर्दै ७० रन बनाएपछि नेपालले ११ औं ओभरमा लक्ष्य भेट्टाएको हो । निश्चल पाण्डे १२ रनमै आउट भएपछि क्रिजमा आएका हरिशंकर साहले ८ रन बनाए ।
शुक्रबार कुवेतलाई ८४ रनले हराउँदै बिजयी सुरुवात गरेको थियो । 

No comments :

Get Widget