२२ वैशाख, कैलाली ।तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संविधान सभा निर्वाचनमा एकीकृत नेकपा माओवादीसंग सहकार्य नहुने बताएका छण् । कैलालीमा केही पत्रकारसंग कुरा गर्दै उनले चुनावमा मधेसवादी दलहरुबीचनै चुनावी गठबन्धन बन्ने दाबी गरे । 
चुनावमा मधेशवादी र एमाओवादीको चुनावी गठवन्धन बन्ने चर्चा भइरहँदा ठाकुरको यस्तो प्रतिक्रिया आएको हो।
चुनावमा मधेशवादी र एमाओवादीको चुनावी गठवन्धन बन्ने चर्चा भइरहँदा ठाकुरको यस्तो प्रतिक्रिया आएको हो।
उनले हाल एमाओवादीसंग रहेको गठवन्धन समेत तोडिने जानकारी दिएका छन्। माओवादीसँग सविधान सभाको चुनावमा गठबन्धन वनाए छलफल नै नभएको पनि खुलाए।
मधेशवादी दलहरुको सिद्धान्त र मुद्दाहरु एउटै भएकाले मिलेर अगाडी जाने वताउनुभयो । निर्वाचनको विकल्प नरहेको बताउँदै ठाकुरले मंसिरमा निर्वाचन हुने बताए ।
 
 
 
 
No comments :
Post a Comment