Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आज आमाको मुख हेर्ने

Thursday, 9 May 2013

आज आमाको मुख हेर्ने

काठमाडौं, वैशाख २६ - आमालाई मीठा परिकार खुवाउनुका साथै विभिन्न सामग्री उपहार दिई छोराछोरीहरूले बिहीबार मुलुकभर 'आमाको मुख हेर्ने' पर्व मनाउँदै छन् ।
नौ महिनासम्म गर्भमा राखी जन्म दिई स्याहार सुसार पालनपोषण गरी हुर्काउने आमाप्रति सम्मान प्रकट गर्न उनीहरूले यस पर्वलाई मातृ दिवसका रूपमा मनाउने गर्दछन् ।
आमा जीवित नभएका छोराछोरीहरूले दिवंगत आमाको नाममा वज्राचार्य वा ब्राह्मण पुरोहितलाई सिदा, नसलाः र जलदान दिने गर्दछन् ।
यस पर्वमा आमा जीवित नभएका छोराछोरीहरूले राजधानीदेखि दक्षिण थानकोटसँगै रहेको मातातीर्थमा आफ्नी दिवंगत आमाको स्मरण गर्दै श्राद्ध गर्नेहरूको भीड लाग्ने गर्दछ ।

No comments :

Get Widget