Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आजको रासी फल

Thursday, 9 May 2013

आजको रासी फल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिक परिश्रम को फल तुलनात्मक रूपमा कम हुनेछ। कार्यभार बढ्नेछ साथै अन्य व्यस्तता बढ्नेछ। व्यापार-व्यवसाय सामान्य रहनेछ। उत्साह कम हुनेछ।
 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य-सिद्धि बाट अर्थ क्षेत्र मा आशाजनक परिणाम आउन सक्नेछ। उदर-विकार संभव छ। परिवारमा उन्नति हुनेछ। मान-सम्मान बढ्नेछ। धन लाभ हुनेछ।
 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सहयोगिको मद्दतबाट व्यापार-व्यावसायमा उन्नति हुने योग छ। जीवनसाथी सँग मतभेद हुन सक्नेछ। काम-काजको विस्तार संभव रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आध्यात्मिक चेतना प्राप्तिको योग छ। शुभ समाचार मिल्नाले हर्षित हुनुहुनेछ। सन्तानका क्रियाकलापमा नजर राख्नु आवश्यक छ। व्यापार लाभप्रद रहनेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्ताको चिन्ता तथा जबाफदेहिता बढ्नेछ। सम्पत्ती सम्बन्धि मामलाको लागि भागदौड गर्नुपर्नेछ। आत्मविश्वासमा कमी आउनेछ। व्यापारमा हानि हुन सक्नेछ।
 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ऐश्वर्यपूर्ण समय हुनाले उत्तम वस्त्र-भोजन प्राप्ति हुने योग छ। योजना क्रियान्वित हुनेछन्। व्यापार राम्रो चल्नेछ, कानुनी काममा समय सीमाको ध्यान राख्नुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिमानी तथा दूरदर्शिता का कारण समाजमा सराहना हुनेछ। कार्यक्षेत्रको विस्तार संभव छ। दुस्साहस, हानिकारक हुन सक्नेछ। परिवारका सदस्यको उन्नति बाट मन प्रसन्न रहनेछ।
 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विरोधीले सम्झौता गर्नेछन्। सन्तसँग भेट हुनेछ। व्यापारमा ईच्छित लाभ हुन सक्नेछ। कसैप्रति आतिविश्वास नगर्नुहोला। राज्यपक्षका काममा यश तथा सफलता मिल्नेछ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कामको सफलताको लागि प्रयत्नशिल रहुनुहोला। पछिल्ला दिन देखिका अधुरा कामहरु पुरा हुने योग छ। स्वास्थ्यको 
ध्यान राख्नुहोला। परिवारमा सुखद माहौल रहनेछ
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईँको प्रयासबाट स्थिति अनुकुल बन्नेछ। जीवनसाथी सँग सम्बन्ध प्रगाढ हुनेछ। अहंकारको भाव मनमा आउन नदिनुहोला। साझेदारी मा नयाँ अनुबन्ध हुनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) धार्मिक कार्यक्रममा सामेल हुने अवसर मिल्नेछ। दुरदर्शिता एवं बुद्धिचातुर्यबाट कठिनाईँ दुर हुनेछन्। आफ्ना वस्तु सम्हालेर राख्नुहोला। व्यापार राम्रो चल्नेछ।
 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मानसिक सन्तोष वा प्रसन्नताको अनुभव हुनेछ। सम्पर्कबाट धन प्राप्ति सम्भव रहनेछ। मेसिन प्रयोग गर्दा होसियार रहनुहोला। व्यापारमा नयाँ योजना बन्नेछन्। कठिनाई कम हुनेछन्।

No comments :

Get Widget