Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : अर्को सिक्किम बन्दै छ नेपाल ?

Thursday, 9 May 2013

अर्को सिक्किम बन्दै छ नेपाल ?



माओवादी विद्रोह,राजदरवार हत्याकाण्ड,धर्म निरपेक्ष राष्ट्र,संघियता,राजसंस्थाको खारेजि हुँदै खिलराज रेग्मी सरकार र लोकमानसिंहलाई अख्तियार प्रमुख बनाउँने सिलसिलेवार घटनाले देखाएको परिणाम हो, हामी नेपालीले आफ्नो पहिचान,राष्ट्रियता र स्वाभिमान केहि बाकि छ भन्ने सम्झनु मुर्खतामात्र हो ।
भारतले नेपालका राजनैतिक दलका नेतालाई आफ्नो पक्षमा पारेको त २००७ साल देखि नै हो तर अहिले भारत नेपालका केहि नेतामा मात्रमा सिमित नभएर एनेकपा माओवादी,काङ्ग्रेस,एमाले र मधेसी मोर्चानै कव्जा गर्न सफल भएको छ भने नेपाली सेनाको प्रमुख गौरवसम्सेर राणा,राष्ट्रपती रामवरण यादव,मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र सर्वोच्च अदालत पनि भारतले कव्जा गरिसकेको छ । माओवादी सत्ता कव्जा गरेको सम्झनेले बुझे हुन्छ सत्ता भारतले कव्जा गरिसकेको छ त्यतिकै बाबुराम भट्टराईले साचो अन्तै छ भनेका होइनन् ।
राष्ट्रपती कार्यालय,प्रधानमन्त्री कार्यालय ,सेनाको मुख्यालय र सर्वोच्च अदालत अव भारतिय दुतावासमा सारे अचम्म नमाने हुन्छ । सञ्चालन नै लैनचौरबाट भएपछि छुट्टाछुट्टै राख्नुको के अर्थ ?
पुरा भिडियो हेर्न तलको बक्समा किल्क गर्नुहोला
सवैलाई चेतना भया ।
-राष्ट्रवादी विद्दार्थी समाज

No comments :

Get Widget