Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : मरेको मुसा र महिलाको कपडाबाट रक्सी बनाएर बेचेपछि

Wednesday, 1 May 2013

मरेको मुसा र महिलाको कपडाबाट रक्सी बनाएर बेचेपछि


१८ बैशाख, पर्वत । मरेका मुसा, महिलाले लगाउने कपडाका साथै खसीबोकाका, भैंसी राँगाका आन्द्राहरु जस्ता सडे गलेका वस्तुहरु राखेर स्थानीय व्यापारीहरुले बनाइएको २० हजार लिटर रक्सी जिल्ला प्रहरीले नियन्त्रणमा लिएर र नष्ट गरेको छ ।
ठूलो परिणाममा नियन्त्रण गरेको सो रक्सी पर्वत जिल्लाका विभिन्न ठाउँहरु डिमुवा बजार र आसपासको क्षेत्र, सदरमुकाम कुश्मा बजार र मालढुङ्गाबाटबाट जिल्ला प्रहरी कार्यालय पर्वतले बरामद गरेको थियो जुन रक्सी मानव स्वास्थ्यमा असर पर्ने भनिएको छ । सो रक्सी गैर कानुनी रुपमा बनाइएको बताइको छ ।
स्थानीय व्यावसायिहरुले बनाएको लोकल रक्सीलाई झम्म पार्ने बनाउन मरेका मुसा, महिलाले लगाउने कपडाहरु, खसीबोकाका आन्द्राहरु जस्ता सडेका वस्तुहरु नष्ट गरिएको रक्सीमा भेटिएको थियो ।
उक्त रक्सी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतले एकहप्ता देखी रक्सी नियन्त्रण अभियान सञ्चालन गरेको थियो । बुधबार जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला प्रशासन कार्यालय र पत्रकारको रोहबरमा अबैध रुपमा बनाइएको मानव हानिकारक मदिरा नष्ट गरिएको बताइएको छ ।
जिल्लामा गैर कानुनी रुपमा व्यावसायिहरुले बनाएको रक्सी नियन्त्रण मात्र नभई निर्मुल पार्न प्रहरी जागरुक बन्दै आएको छ । सदरमुकाममा मात्र होईन गाउँमा पार्ने यस्तो रक्सी समेत प्रहरी तथा आमा समुह परिचालन गरी नियन्त्रण गर्ने प्रहरी नायब उपरिक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

No comments :

Get Widget