१८ बैशाख, काठमाडौ । नेपालले आज एसीसी वर्ल्ड डिभीजन ३ को आफ्नो तेस्रो खेलमा आज आयोजक बर्मुडासँग भिड्दै छ । नेपालले आफ्नो डिभीजन २ को सम्भावनालाई जिवित राख्नका लागी पनि आजको खेल जित्नै पर्ने बाध्यता छ ।
आजको खेलमा पनि पराजित भए नेपालको डिभिजनको यात्रामा पूर्णविराम लाग्नेछ भने डिभीजन ३ मा रहनका लागी पनि थप संघर्ष गर्नुपर्ने छ । नेपालको डिभीजन २ को सम्भावना निकै कम भैसकेको छ तर अबका तीन खेल नै नेपालले जिते तथा अमेरिका र युगाण्डाले अबका खेलहरूमा हार बेहोरेमात्र नेपालको सम्भावना जिवित रहन्छ ।
त्यसैले पनि आजको खेल र अन्य बाँकी खेलमा समेत जित्नै पर्ने दवाव छ । आजको खेलले नै नेपालको डिभीजन २ को सम्भावनालाई जिवित राख्नेछ ।
आयोजकका हिसाबले बर्मुडाले नेपाललाई केही दवावमा राख्नेछ भने विश्वकप खेलिसकेको राष्ट्र भएकाले पनि नेपाललाई बर्मुडा सहज प्रतिद्धन्दी भने हुने छैन् तर बर्मुडाको खेल स्तर खस्कँदै गएका कारण नेपालले बर्मुडामाथी जित हासिल गर्न सक्ने सम्भावना भने जिवित नै छ ।
ट्वान्टी-२० विश्वकप छनोट चरणमा २४ ले पराजित गरेको अनुभव बाहेक अन्य खेलमा बर्मुडासँग अनुभव लिन पाएको छैन् । त्यसैले पनि नेपालले बर्मुडालाई कम आँक्न भने हुँदैन । पछिल्लो समय आफ्नो खेल स्तरलाई कमजोर बनाएका कारण पनि नेपालले जित हात पार्न सक्ने सम्भावना बलियो छ ।

No comments :
Post a Comment