९ वैशाख,काठमाडौ। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी शीर्ष नेताहरु राजधानी बाहिर गएपछि राजधानीमा राजनीतिक चहलपहल शून्य भएको छ । प्रचण्ड सहितका नेताहरु पार्टी कामको शिलशिलामा तराइ दौडाहामा गएपछि राजधानीमा राजनीतिक चहल पहल हराएको हो ।
प्रचण्डसंगै एकीकृत माओवादीका उपाध्यक्ष डा वाबुराम भट्टाराइ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द पौडेलपनि राजधानी बाहिर छन । माओवादीका नेताहरु राजधानी बाहिर गएपछि उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्न सकेको छैन ।
राजनीतिक संयन्त्रको बैठक बस्न नसक्दा सरकार निर्वाचन मिति घोषणा गर्न सकेको छैन । धरानमा रहेका अध्यक्ष प्रचण्ड आज पार्टी प्रशिक्षणमा सहभागि हुनेछन् । शुक्रवार सर्लाहीमा सभा र पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि भएर प्रचण्ड शनिवार बेलुका मात्र राजधानी फर्कने कार्यक्रम रहेको छ।
 
 
 
 
No comments :
Post a Comment