२८ बैशाख, एजेन्सी । भारतको तमिल नाडुस्थित सलेममा एक ८० वर्षीय बृद्धा महिलाको बलात्कार भएको छ । ४१ वर्षीय पालानिभेलले ८० वर्षीय बृद्धाको बलात्कार गरेका हुन् । 
बलात्कारपछी घाइते भएकी बृद्धालाई अस्पताल भर्ना गरिएको बताइएको छ । बलात्कार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई स्थानीयबासीले पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएका थिए । 
बलात्कृत ती बृद्धा एक्लै बस्दै आएकी थिइन् । एक्लै बस्दै आएकी ती बृद्धाको घरमा छिरेर पालानिभेलले बलात्कार गरेका थिए । बलात्कार पछि घाइते अवस्थामा रहेकी उनलाई गाउँले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका थिए । चिकित्सकहरूका अनुसार ती बृद्धाको अवस्था गम्भीर रहेको छ ।
 
 
 
 
No comments :
Post a Comment