२८ बैशाख, काठमाडौ । मलेसियामा जारी एसीसी यु-१९ एलिट कप क्रिकेट प्रतियोगितामा नेपालले अहिले केहीबेरमा मलेसियासँग तेस्रो स्थानका लागी प्रतिष्पर्धा गर्दैछ ।
यसअघी पनि समूह चरणमा प्रतिष्पर्धा गरेका मलेसिया र नेपाल फेरी प्रतियोगिताको तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्दैछन् । समूह चरणको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । नेपालले आज पनि सोही लयमा खेल्ने र खेलमा मलेसियामाथी हावी हुने विश्वास गरिएको छ ।
नेपाल युएईसँग र मलेसिया अफगानिस्तानसँग पराजित भएपछी तेस्रो स्थानका लागी यी दुईको भिडन्त हुन लागेको हो । उता अफगानिस्तान र युएई उपाधीका लागी आजै केहीबेरमा भिड्दैछन् ।
यसैबीच, नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
 
 
 
 
No comments :
Post a Comment