Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : चारदलीय संयन्त्रको बैठक फेरि सर्यो

Wednesday, 29 May 2013

चारदलीय संयन्त्रको बैठक फेरि सर्यो

१५ जेठ, काठमाडौं । चारदलीय उच्चस्तरीय राजनीतिक समितिको बैठक दोस्रोपटक स्थगित भएको छ । सोमबार बस्न लागेको बैठक कांग्रेस सभापति सुशील कोइराला तनहुँ गएका कारण स्थगित भएको थियो । कोइरालाका कारण सोमबार स्थगित भएको सो बैठक बुधबार बिहान बस्ने भनिए पनि बस्न सकेन ।
यसअघि चारदलका शीर्ष नेतालाई बालुवाटार बोलाएर मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनसम्बन्धी कानूनमा तीन दिनभित्र सहमतिमा आग्रह गर्नुभएको थियो । तर, प्रधानन्यायाधीश पदबाट रेग्मीले राजीनामा नदिएको भन्दै कांग्रेस नेता सुशील कोइराला रुष्ट बनेपछि अहिलेसम्म बैठक बस्न नसकेको हो । अर्को बैठक विहीबार बस्ने नेताहरुले बताएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/05/76140/#sthash.qjBoGW5P.dpuf

No comments :

Get Widget