Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : नातिका लागि ७५ लाख प्रस्ताव गरिएको छैन : प्रचण्ड

Wednesday, 29 May 2013

नातिका लागि ७५ लाख प्रस्ताव गरिएको छैन : प्रचण्ड

१५ जेठ, काठमाण्डौ । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो नातिलाई फिर्ता ल्याउन बुहारीलाई ७५ लाख प्रस्ताव नगरेको प्रचण्डको निजी सचिवालयले स्पष्ट पारेको छ । बुधबार प्रकाशित एक साप्ताहिकले प्रचण्डको तर्फबाट सिर्जना त्रिपाठीको परिवारलाई नाति फिर्ता गर्ने शर्तमा ७५ लाख प्रस्ताव गरेको समाचार अध्यक्ष प्रचण्डलाई बदनाम गराउन प्रचार गरिएको प्रचण्डका निजी सचिव चूडामणि खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘
यो समाचार हाम्रो पार्टी र पार्टी अध्यक्ष प्रचण्डलाई बदनाम गराउने उद्देश्यबाट आएको हुन सक्नेहुँदा सम्पूर्ण जनसमुदायमा भ्रममा नपर्न आग्रह गरिन्छ ।’ – खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा बुहारी सिर्जनासँगै पोखरास्थित मावलमा रहेका नातिलाई प्रचण्डले आफूसँगै राख्न चाहेको तर बुहारी सिर्जनाले नमानेको उल्लेख थियो ।
विज्ञप्ति हेर्नुस् 
1

No comments :

Get Widget