Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : सिन्धुपाल्चोकमा बस दुर्घटना, १४ को मृत्यु, ४० घाइते (भिडियोसहित)

Wednesday, 29 May 2013

सिन्धुपाल्चोकमा बस दुर्घटना, १४ को मृत्यु, ४० घाइते (भिडियोसहित)


११ को सनाखत, ३५ गम्भीरः
सिन्धुपाल्चोक, जेष्ठ १५ । सिन्धुपालचोकको भोताङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । अहिले सम्म ११ जनाको सनाखत भएको छ भने तीन जनाको सनाखत हुन बाँकी छ ।prasiddha-dahal1मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक जिल्ला, थाङपालकोट गाविस वडा नम्वर ५ का रनबहादुर पण्डित, सोही गाविस ३ की सविना पण्डित, थाङ्पालकोट ५ की मिठु सापकोटा, भोताङ २ का चिनेन तामाङ, सोही गाविस ३ का बुद्धे तामाङ, भोताङ ८ का शेरे तामाङ, थाङपालकोट ३ की गीतादेवी बस्नेत, गुन्साका छोटे बमजम, थाङ्पालकोट ६ का धने तामाङ, बरुवा १ का छिरिङ तामाङ र सोही ठाँउका मेन्दो तामाङ रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ३५ जनालाई उपचारका लागि सेनाले हेलिकप्टर मार्पmत काठमाडौं आएकोमा दुई जनाको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा निधन भएको छ ।
काठमाडौं ल्याइएका अन्य घाइतेहरु मध्ये बी एण्ड बी अस्पतालमा २ जना, अल्का अस्पतालमा ३ जना र शिक्षण अस्पतालमा २८ जनाको उपचार भईरहेको छ ।
सिन्धुपालचोकको भोताङबाट काठमाडौं आउंदैै गरेको बस सिन्धुपाल्चोकको थाङ्पालकोट गाविसको चिलौनेमा दुर्घटना भएको थियो । पानी परिरहेको बेला कच्ची बाटोमा चिप्लिएर बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
बस सडकबाट एक सय मिटर तल खसेको जनाइएको छ । दुर्घटना स्थल सिन्धुपालचोकको अति विकट क्षेत्रमा पर्दछ ।

No comments :

Get Widget