काठमाडौँ, ६ जेठ । खाने पानी आपूर्ति गर्दै आएका ट्याङ्कर व्यवसायीले सरकारले एकतर्फीरूपमा व्यवसायीमाथि प्रहार गरेको भन्दै आन्दोलनमा उत्रिएका छन । दैनिक आठ करोड लिटरभन्दा बढी पानी आपूर्ति गर्दैआएका यस्ता व्यावसायीको पानी उत्पादन गर्ने कारखानासमेत सरकारले एकतर्फीरूपमा बन्द गरेको भन्दै उनीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । 
उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यावसायी सङ्घका सह–अध्यक्ष अच्युत पाण्डेले सिमित व्यक्ति र राजनीतिक आधारमा पानी उद्योग बन्द गरिएको भन्दै ती उद्योग पुनः सञ्चालन गर्न माग गर्नुभयो । एकदिन मात्रै पानी आपूर्ति बन्द हुँदा काठमाडौँको जनजीवन नै प्रभावित हुने र एक किसिमको भयावह अवस्था सिर्जना हुने हँुदा यस विषयमा सरकार तत्काल संवेदनशील हुनुपर्ने समितिको भनाइ छ ।
 
 
 
 
No comments :
Post a Comment